गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

0 129

९ चैत, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–२ निवासी अन्दाजी ५२ वर्षका मोटरसाइकल चालक रामबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सन्तोष चन्द्रले बताउनु भयो । सोहि ठाउँ निवासी ३९ वर्षका रुद्र बिक घाइते भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो जिल्ला सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नम्बरको मोटरसाइकल इस्मा गाउँपालिकाको छिनुवा खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका २ जना मध्ये कुँवरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल आफै अनियन्त्रिक भइ सडकबाट करिव ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।