गुल्मीमा चौथो गुल्मी महोत्सवको चहलपहल सुरु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका तम्घास चिदिचौर खेल मैदानमा यहि चैत्र २५ गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालन हुन लाएको चौथो गुल्मी महोत्सव प्रादेशिक औधोगिक एवं व्यापार मेला २०७८ को चहलपहल सुरु भएको हो ।
महोत्सवको मिति नजिकिँदै गर्दा गुल्मी सदरमुकाम तम्घास बजार सहित अन्य स्थानमा महोत्सव प्रचारका ब्यानरहरु देख्न सकिन्छ भने महोत्सव सञ्चालन हुने स्थान चिदिचौर खेल मैदानमा अहिले महोत्सवको स्टेज र प्रदर्शनीका केही सामाग्री साथै स्टलहरुको निर्माण कार्य भैरहेको छ ।
महोत्सव प्रदर्सनिका सामाग्रीहरु निर्माण हुदा गुल्मी महोत्सवको रौनकता झन बढदै गएको हो ।
महाेत्सव लाई थप प्रभावकारीे बनाउनकाे लागि स्थानीय तह तह सम्म पुगेर प्रचार प्रचार समितिले सबैलाई निम्तो समेत दिएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक तारा भुसालले बताए ।
चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने भुसालको भनाइ छ ।
गुल्मी उधाेग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल रामप्रसाद पन्थीकाे नेतृत्वमा परिचालन गरिएको प्रसार प्रसार समितिले जिल्ला स्थानीय तह तहमा पुगेर त्यहाँका जनप्रतिनिधिहरु भेटघाट समेत गरेको छन्।
यस्तै गुल्मी महोत्सवको प्रचार प्रसार अभियानको सिलसिलामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा सिद्धार्थ नगर उद्योग वाणिज्य संघका पदाधिकारी हरुसङ्ग पनि भेटघाट गरेको भुसालको भनाइ छ।
चौथो गुल्मी महोत्सव भव्य रुपमा सम्पन्न गर्नका लागि गुल्मीका क्रियाशिल राजनैतिक दलहरुले पनि प्रतिबद्धता जनाएका छन ।
ऐतिहासिक पौराणिक धार्मिक एवं पर्यटक स्थलको प्रचार प्रबर्द्धन अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनलाई बजारीकरण साथै कृषिलाई प्राथमिकता रहेको महोत्सवमा दुई सय स्टल राखिने गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ।
गुल्मी महोत्सवमा दुई दर्जन राष्ट्रिय र चार दर्जन स्थानीय कलाहरुको प्रस्तुति रहने बताइएको छ।
चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ।