तुराङ्ग दमार स्वास्थय चौकिमा दुईदिने निशुल्क स्वास्थय शिविर

समाजसेवि पौडेल परिवारद्वारा तुराङ्ग दमार स्वास्थय चौकिमा दुईदिने निशुल्क स्वास्थय शिविरतथा औषधि वितरण कार्यक्रम आजबाट सुरू !

0 456

सुरज भट्टराई ,गुल्मी
स्व. पिता लिलाधर पौडेल र स्व.माता उमाकला पौडेलको स्मृतिमा उहाँका छोरा रघुनाथ पौडेल र बुहारी निर्मला पौडेल तथा नाति डा. गोकुल पौडेलद्वारा बृहत स्वास्थय शिवीर तथा नि:शुल्क औषधि वितरण कार्यक्रम आज चैत १५ गते बाट १६ गते सम्म चन्द्रकोट गाऊॅंपालिका वडा नं ८ तुराङ्ग दमार स्वास्थय चौकिमा सन्चालन भईरहेको छ । पौडेल परिवारको आर्थिक सहयोग र लायन्स क्लब अफ कंचन हरैया को सहकार्यमा बरिष्ठ डाक्टरहरूको उपस्थितीमा गाऊॅंका सर्वसाधारण जनतालाई सामान्य स्वास्थय सेवा प्रदान गर्ने उदेश्यले उक्त दुईदिने सेवा गाउॅंमै सुरू गरिएको हो ।

आज एक औपचारिक कार्यक्रमका विच उक्त कार्यक्रमका प्रमुख अतिथी चन्द्रकोट गाऊॅंपालिका प्रमुख दोर्ण ब खत्रिले ब्यानर पढेर कार्यक्रमको उद्घघाटन तथा शुभारम्भ गर्नुभएको हो । चन्द्रकोट गाऊॅंपालिका वडा नं ८ का वडाअध्यक्ष नन्दराम अर्यालको अधक्षतामा सन्चालन भएको कार्यक्रममा गतिशिल समाजसेवी युवा संन्जाल का अघ्यक्ष शंकर अर्यालले स्वागत मनतब्य राख्नुभएको थियो भने प्रमुख अतिथीमा चन्द्रकोट गाऊॅंपालिकाका प्रमुख दोर्ण ब खत्रि को उपस्थिती रहेको थियो । त्यसैगरि बिशिष्ट आथित्यतामा चन्द्रकोट गाउॅंपालिकाकि उप प्रमुख राधिका अर्याल ,सोहि गाऊॅंपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्र ब क्षेत्री , लेखा अधिकृत बसन्त रिजालको ऊपस्थिती रहेको थियो भने अतिथीहरूमा कार्यपालिका सदस्य रेनुका श्रिस मगर वडा सदस्य कल्पना दमाई , डिल्लीराज अर्याल , वडा नं ८ का स्वास्थयचौकि इन्चार्ज चक्र ब बस्नेत ,जनता बाल निकेतन माबि का प्रअ प्रेम नारायण अर्याल , समाजसेवी प्रेमराज पौडेल ,यदुनाथ पौडेल , नारायण प्र अर्याल , जमुना अर्याल , कुसुम अर्यालको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन वडा नं ८ कि वडासचिव लक्ष्मी अर्यालले गर्नुभएको थियो ।कार्यक्रममा पत्रकार ,विभिन्न राजनैतिक दलका प्रतिनिधी , ब्यापारि , बिरामी , बरिष्ट चिकित्सक , शुरक्षाकर्मी आदिको ऊल्लेखनिय व्याक्तिहरूको ऊपस्थिती रहेको थियो । उपस्थित बिशिष्ट अतिथीहरूलाई पौडेल परिवारद्वारा मायाकोचिनो प्रदान गरि टिका र फुलमाला लगाएर सम्मान गरिएको थियो ।

सोहि अबसरमा बोल्दै प्रमुख अतिथी खत्रीले गाऊॅंपालिकाले गर्ने कार्य एऊटा व्याक्तिले गरेकोमा ऊक्त कार्य उदारणिय भएको भन्दै आयोजक पौडेल परिवारलाई धन्यवाद दिनुभएको थियो । आफुहरू निर्वाचित भईसकेपछि स्वास्थय क्षेत्रमा गाऊॅंपालिकाले ठुलो फड्को मारेको बताऊदै राज्यको नितीअनुसार गाऊॅंपालिकाको केन्द्र शान्तिपुरमा पन्ध्र शैयाको अस्पताल निर्माण गर्न लाएको र अबको केही बर्षमै यहॅंाका जनता सामान्य स्वास्थय ऊपचारकोलागि बाहीर जान नपर्ने जानकारि दिनुभएको थियो । सोहि कार्यक्रमै बिशिष्ट अतिथि अर्यालले मानिसको सबैभन्दा संबेदनशिल बस्तु स्वास्थ्य भएकाले बुटवल ,पाल्पा गएर पाऊने स्वास्थय सेवा त्यहाका जनताले गाउॅंमै पाएकाले बिकट गाऊॅंका जनतामा लुकेर रहेको रोग पहिचान हुनेकुरामा आफु ढुक्क रहेको बताऊनु भएको थियो ।

आज पहिलो दिन करिब तिनसय विरामीहरूले आफ्नो सामान्य स्वास्थय जाचॅं गराएका छन । सामान्य आखॅंा , दातॅं , छाती ,कान, घाटी ,छाला सम्बन्धि रोगहरूको परिक्षण गरि आवश्यक औषधि तथा चस्मा पर्दान गरिएको थियो । सोहि अबसरमै आज जनता बाल निकेतन माबि मा अध्यान गर्ने ७,८,९,१० का विद्यार्थीहरूलाई सामान्य स्वास्थय शिक्षा प्रदान गरिएको थियो । भोलि सोहि बिद्यालयमा अध्यान गर्ने सम्पूर्ण छात्रा विद्यार्थीलाई शेनेटरी प्याड बितरण गरी आज उपलब्ध गराएका सेवाहरू भोलिपनि प्रदान गर्दै कार्यक्रमको समापन हुने कार्यक्रमका शभापति तथा वडा नं ८ का वडाअध्यक्ष नन्दराम अर्यालले जानकारि दिनुभएको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।