पत्रकार दिवसको अवसरमा गुल्मीमा फरक क्षमता भएका विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण

0 167

चैत १६, गुल्मी : नेपाल पत्रकार महासघंको ६७ औं स्थापना दिवसको अवसरमा गुल्मीमा फरक क्षमता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल पत्रकार महासघं गुल्मीले स्थापना दिवसको अवसरमा उपल्लो तम्घास माध्यमिक बिद्यालयमा अध्यनरत फरक क्षमता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

स्वास्थ्य नै मानिसको ठुलो धन भएकाले पत्रकार महासघं गुल्मीले स्थापना दिवसको अवसरमा गरेको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम एक महत्वपूर्ण र उल्लेखिनीय रहेको कार्यक्रमका प्रमुख अथिति तथा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति मेयर भुसालले पत्रकारको दैनिकी कलम संग जोडिएको र यसमा ठुलो शक्ति भएको बताएका छन् । मेयर भुसालले स्थापना दिवसको सबैमा शुभकामना दिदैँ आर्थिक अभाबमा बिस्थापित नभई पत्रकार ब्याबसायिक बन्न समेत आग्रह गरेका छन् ।

ad

पत्रकारले गरेको यो कार्य आफैमा महान् र उदाहरणीय भएको भन्दै पत्रकार महासघं गुल्मीलाई उपल्लो तम्घास माध्यमिक बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष गणेश श्रीपालीले शुभकामना सहित धन्यबाद दिएका छन् । अध्यक्ष श्रीपालीले पत्रकार राज्यको चौथो अंग भएकाले सत्य,तथ्य बिषयमा निरन्तर कलम चलाएर समाज परिवर्तनमा भूमिका अझ शसक्त भएर लाग्नुपर्ने बताए ।

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको संक्रमण बढिरहेको बेला गुल्मीमा अक्सिजन अभावले कसैको ज्यान गुमाउन नपारोस् भन्दै जिल्लामा अक्सिजन पलान्ट अभियान संचालन गरेको थियो । हाल जिल्लामै अक्सिजन उत्पादन भईरहेको छ । गुल्मी पत्रकार महासघंले थुप्रै सामाजिक काम गर्दै आएको जिल्ला अध्यक्ष टोपलाल अर्यालले बताए । पत्रकार महासघं गुल्मीले चालेका अभियानमा हातमा हात र काँधमा काधँ मिलाएर सहयोग गर्ने सबैमा अध्यक्ष अर्यालले धन्यबाद दिए । नेपाल पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताल र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको समन्वयमा कुल ३३ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।