मालिका गाउँपालिकामा डिजिटल घर नम्बर तथा परिचय पत्र वितरण कार्यको शुभारम्भ

0 117

 

सूर्य सुनार , ०७८चैत्र २३ गुल्मी

ad

मलिका गाउँपालिकाले सम्पुर्ण घरधुरीहरुको लागि विद्युतिय घर नम्बर र विद्युतिय परिचय पत्र नम्बर वितरण कार्यको सुरुवात गरेको छ । वितरण गरिएको घर नम्बरमा प्रत्येक घरको जीआइएस प्रविधी मार्फत डाटा संकलन गरिएको र सम्पुर्ण घरको जी कोडलाई आधार मानि विद्युतिय घर नम्बर कायम गरिएको हो । उक्त विद्युतिय कोड स्क्यान गरि आफुले चाहेको घर सम्म सजिलै पुग्न सकिने छ । भने उपलब्ध गराईएको डिजिटल परिचय पत्र मार्फत घर परिवारको व्याक्तिगत विवरण तथा टोल र सम्पर्क नं तथा घरको नक्सा हेर्न सकिने छ ।

घर घरमा उपलब्ध गराईएको विद्युतीय घर नम्बर वा परिचय पत्र नम्बरबाट गाउँपालिकाले यस भन्दा अघि निर्माण गरेको डिजिटल भिलेज प्रोफाईल मार्फत सम्पुर्ण परिवारको व्याक्तिगत , सामाजिक, आर्थिक, पारिवारिक, घरको भौतिक अवस्था लगाएत २४६ वटा विवरण समेत प्राप्त गर्न सकिने हुदाँ गाउँपालिकाले बजेट तथा योजना तर्जुमा गर्नमा समेत निकै महत्वपुर्ण हुने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ । उक्त डिजिटल नम्बरमा भएका सम्पुर्ण विवरणहरु नियमितरुमा वडा तथा गाउँपालिकाबाट अध्याबधिक हुनेछन् । गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले उक्त कार्यको एक कार्यक्रमका बिच शुभारम्भ गरेको मालकिा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा प्रवक्ता शोभाखर गिरिले बताउनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।