चौथो गुल्मी महोत्सवमा कृषि र घरेलु उत्पादनलाई जोड

0 138

मनोज कार्की ÷गुल्मी , चैत २७

गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको विकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको विकास भन्ने लक्ष्यका साथ यहि चैत २५ गत देखी सुरु भएकोे भएको चौथो गुल्मी महोत्सवमा कृषि र घरेलु उत्पादनलाई जोड दिईएको छ । आगामी बेशाख ४ गते सम्म चल्ने महोत्सवमा जिल्लामा उतपादन भएका कृषि उपज तथा घरेलु उत्पादनको बजारीकरण गर्न उदेश्य लिएको गुल्मी उद्योग वाणिज्य सघंले जनाएको छ । महोत्सवमा कफी, तरकारी, माहुरी, च्याउ, माछा, फलफुल, तरकारीका बिरुवा, जिल्लाको प्रसिद्ध गुण सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु तथा कृषि उपजलाई प्रमुख प्राथमिकतामा राखिएको छ । महोत्सवबाट कृषि उपज र घरेलु उत्पादनको बजारीकरण तथा प्रचार प्रसार हुने कृषकको भनाई छ । महोत्सवमा २ सय स्टल राखिएको छ । जसमा कृषि, पशुपन्छिका ६ वटा स्टल र घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनहरुको लागि १० वटा स्टल राखिएको छ । जिल्लामा स्थानीय कच्चा पदार्थबाट उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गरेर जिल्ला बाहिर निर्यात गर्ने लक्ष्य रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । कृषिसँगै जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिने भएको छ ।महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकको भनाई छ ।

 

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।