गुल्मी महोत्सवमा ६ करोड बढिको कारोवार

0 159

अनिल खत्री
७ बैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ । महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गर्नुभएको हो । महोत्सवमा साना कुटिर उद्योगबाट उत्पादित वस्तुलाई प्रर्वद्धन एबम् बजारीकरण गर्ने उदेश्य रहेको थियो । १२ दिनसम्म तम्घासको चिदिचौर खेलमैदानमा चलेको महोत्सवमा करिव ६ करोड बढिको आर्थिक कारोवार भएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताउनु भयो । चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ६ गतेसम्म चलेको थियो । महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको थियो । महोसत्वमा दुई सय स्टल रहेका थिए । त्यसमध्ये १५ वटा स्टलहरु कृषि तथा घरेलु उद्योगबाट उत्पादीत वस्तुहरुको प्रर्दशन गरिएको थियो । जिल्लामा उत्पादिन कफी, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक वस्तुहरु, लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको थियो । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन् । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने गरेको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।