गुल्मीमा तीन स्थानीय तहमा दुई पार्टीका उम्मेदवारले गरे मनोनयन दर्ता

0 117

अनिल खत्री
११ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ३ वटा स्थानीय तहमा दुई पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
(नेकपा) एमालेले २ स्थानीय तहमा र गठबन्धनबाट एउटा स्थानीय तहमा उम्मेदवारको मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । (नेकपा) एमालेले जिल्लाको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकामा र गठबन्धनबाट मालिका गाउँपालिकामा उम्मेदवारको मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन ।
मुसिकोट नगरपालिकामा नगरप्रमुखमा जीवन खरेल, उपप्रमुखमा गंगा श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । त्यस्तै वडानम्बर–१ को वडाअध्यक्षमा नारायण थापा, वडानम्बर–२ को वडाअध्यक्षमा महेन्द्र घिमिरे, वडानम्बर–३ को वडाअध्यक्षमा शंकर रायमाझी, वडानम्बर–४ को वडाअध्यक्षमा जुद्ध छन्तेल, वडानम्बर–५ को वडाअध्यक्षमा रिषिश्वर अर्याल मानोनयन दर्ता गराएका छन् ।


त्यस्तै वडानम्बर–६ को वडाअध्यक्षमा खड्का बहादुर खड्का, वडानम्बर–७ को वडाअध्यक्षमा हरिहर सापकोटा, वडानम्बर–८ को वडाअध्यक्षमा नारायण सापकोटा, वडानम्बर–९ को वडाअध्यक्षमा रामकृष्ण कंडेललले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुख उपप्रमुख सहित ८ वटा वडामा नेकपा एमालेले जीतेको थियो भने १ वडामा नेपाली कांग्रेसले जीत हात पारेको थियो ।
नगरमा तीन ठूला दल छुट्टा छुट्टै निर्वाचनमा गएका थिए । त्यस्तै इस्मा गाउँपालिकामा गाउँपालिका अध्यक्षमा हिरा एसी र उपाध्यक्षमा बिमला खत्रीले मनोनयन दर्ता गराएकी छन् ।
गाउँपालिकाको वडानम्बर–१ को वडाअध्यक्षमा नामबहादुर कुँवर, वडानम्बर–२ को वडाअध्यक्षमा राजेन्द्रबिक्रम कुँवर, वडानम्बर–३ को वडाअध्यक्षमा ज्योतिराज कुँवर, वडानम्बर–४ को वडाअध्यक्षमा राजु बस्नेत वडानम्बर–५ को वडाअध्यक्षमा नारायण पैयानी र वडानम्बर– ६ को वडाअध्यक्षमा हिरा जिसीले मनोनयन दर्ता गराएका छन् । इस्मा गाउँपालिकाको उपाध्यक्ष पदमा बिमल खत्री दोस्रो कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।
उपाध्यक्ष पदबाट राजिनामा दिएर दोस्रो कार्याकालको लागि उपाध्यक्षको उम्मेदवार बनेकी हुन् । यो गाउँपालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले जीतेको थियो ।
बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो । गाउँपालिकामा तीन ठूला दल छुट्टा–छुट्टै निर्वाचनमा गएका थिए ।
मालिका गाउँपालिकामा गठबन्धनबाट उम्मेदवारहरुले मनोनयन गराएका छन् । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष पदमा देविराम अर्याल र उपाध्यक्ष पदमा उप्रेन्द्र अर्यालले मनोनयन गराएका छन् ।


गाउँपालिका वडाहरुमा वडानम्बर–१ को वडाअध्यक्षमा दिपक श्रीस, वडानम्बर–२ को वडाअध्यक्षमा बिनोद श्रीस, वडानम्बर–३ को वडाअध्यक्षमा ज्ञानकुमार बुढामगर, वडानम्बर–४ को वडाअध्यक्षमा नारायण प्रसाद अर्याल मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडानम्बर–५ को वडाअध्यक्षमा रेखाकुमार जिसी, वडानम्बर–६ को वडाअध्यक्षमादिपक भण्डारी, वडानम्बर–७ को वडाअध्यक्षमा हिराबहादुर कार्की र वडानम्बर–८ को वडाअध्यक्षमा सूर्य जिसीले मनोनयन गराएको निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धन अनुसार माओवाद केन्द्रले गाउँपालिका अध्यक्ष सहित वडानम्बर ३ र ८ वडामा वडाअध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष सहित ६ वटा वडा पाएको छ । ०७४ सालको निर्वाचनमा (नेकपा) एमालेले गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ७ वटा वडा जीतेको थियो ।
बाँकी एउटा वडामा नेपाली कांग्रेसले जीतेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई आज मनोनयन दर्ता गर्ने समय तालिका दिए पनि एमालेले सबै पालिकामा उम्मेदवारको टुङ्गो लगाउन नसकेपछि समय माग गरेको थियो ।

ad


अन्य दलहरुले पनि उम्मेदवार छनोटमै रहेकाले वैशाख १२ गते मात्रै उम्मेदवारको मनोनयन दर्ता गराउने भएका छन् । गठबन्धन दलहरुले साझा उम्मेदवार बनाउन समय लागेको हो ।
त्यस्तै जिल्लामा राप्रपा दल र स्वतन्त्र उम्मेवादरले मनोनयनपत्र दर्ता गरेका छन् । आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको थियो ।
जसमध्ये जिल्लामा राप्रपा र स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकृत माया कुँवरले बताइन् । उनका अनुसार रेसुङ्गा नगरपालिकामा राप्रपा दलबाट ५ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।
मुसिकोट नगरपालिकामा एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदको उम्मेदवार दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै मालिका गाउँपालिकामा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
इस्मा गाउँपालिकामा दुई जना स्वतन्त्र उम्मेदवारी वडाध्यक्ष र अध्यक्ष पदको उम्मेदवार दर्ता भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा एक जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्षको पदको लागि मनोनयनपत्र दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत कुवँरले बताइन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।