गुल्मीका १२ वटै स्थानीय तहमा मनोनयन दर्ता

0 93

अनिल खत्री
१२ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । २ नगर १० गाउँपालिका गरि १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुख ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा (एमाले) रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति खिलध्वजी पन्थी प्रमुखमा र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै मुसिकोट नगरपालिकामा नेकपा (एमाले) जीवन खरेल प्रमुख र उपप्रमुखमा गंगा श्रेष्ठको मनोनयन दर्ता गराएका छन् भने गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकिकृत समाजबादीका नेता श्रीराम महतको मनोनयन दर्ता गराएका हुन् । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि रामजी ढकाल उपाध्यक्षमा मञ्जु दर्लामी, कांग्रेसबाट बेदबहादुर थापाले अध्यक्षमा र उपाध्यक्षमा जनमोर्चाबाट तारा थापाले मनोनयन दर्ता भएको छ ।
यस्तै स्वतन्त्र अध्यक्षमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन् । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहेकी छन् ।
कांग्रेसबाट अध्यक्षमा पारीश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चन्द्रकोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडीकै राधिका अर्याल रहेकी छन् । गठबन्धनबाट अध्यक्षमा माओबादी केन्द्रका युवराज केशी र उपाध्यक्षमा कांग्रेसबाट बिष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत लोकनाथ भुसालले जानकारी दिए ।
रुरु क्षेत्र गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मिना गौतमले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट माओबादी केन्द्रबाट अध्यक्षमा यदु ज्ञवाली र उपाध्यक्षमा कांग्रेसकी दुर्गा ज्ञवालीेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत बसन्तप्रसाद भण्डारीले जानकारी दिए ।
छत्रकोटमा एमालेबाट अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा साबित्रा ज्ञवालीले मनोनयन दर्ता गराएका छन् । यस्तै गठबन्धनबाट कांग्रेसका अनन्त पौडेलले र उपाध्यक्ष जनमोर्चाबाट गुमानसिंह पुनले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिए ।
इश्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा यस अगाडीकै बिमला खत्रीको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा भगतसिंह खडका र उपाध्यक्षमा पार्वती कुँवरको मनोनयन दर्ता भएको छ ।
मालिका गाउँपालिकामा एमालेबाट यस अगाडीकै अध्यक्ष रितबहादुर थापा र उपाध्यक्षमा रनमाया पुनले मनोनयन दर्ता गराएकी छन् । गठबन्धनको तर्फबाट माओबादीबाट देबीराम अर्याल अध्यक्ष र उपाध्यमा कांग्रेसका उपेन्द्र अर्यालले हिजो नै मनोनयन दर्ता गराएका छन् ।
मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा यस अगाडीकै सरिता खडकाले मनोनयन दर्ता गराएकी छन् । यस्तै गठबन्धनबाट महेन्द्र कुँवर अध्यक्ष र उपाध्यक्षमा बेगम चन्दको मनोनयन दर्ता भएको छ ।
राप्रपाबाट गाउँपालिकाको अध्यक्षमा जनक शेन, स्वतन्त्रबट गाउँपालिका अध्यक्षमा दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । धुर्कोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा गोपाल कुँवर, उपाध्यक्षमा सीत गिरी, माओबादी केन्द्रबाट भुपाल पोखरेल जसपाबाट गणेश कुँवर, राप्रपाबाट शेखरनाथ घिमिरे र मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज दर्लामीले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डरीले अध्यक्षमा र ककिकृत समाजवादीबाट कमला सुनारले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन ।
गुल्मीदरबारमा तीन ठूलादलको सिंगल सिंगल प्रतिस्पर्धा
गुल्मीदरबार गाउँपालिकामा एमालेबाट अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशिला पुनको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट अध्मा सरोजकुमार थापा,उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिए ।
यस्तै नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङगे र उपाध्यक्षमा शीखा रेश्मीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एकिकृत समाजबादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराएका छन् ।
धेरै जसो स्थानीय तहमा दिउँसो साढे चार बजेबाट मात्रै मनोनयन गर्ने क्रम रहेकाले फाइनल लिष्ट आउन अबेरसम्म समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारहरुले मनोनय दर्ता गराउने क्रममा शक्ती प्रर्दशन समेत गरेर मनोनयन दर्ता गराउन पुगेका थिए । स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।
निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।