चन्द्रकोटमा उल्लासमय रुपमा गठबन्धनका युवराज केशीको मनोनयन दर्ता

0 127

बैशाख १३,२०७९ गुल्मी स्बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रकोटमा गठबन्धनबाट युवराज केशीले गाउँपालिकाको अध्यक्ष पदमा उल्लासमय वातावरणमा मनोनयन दर्ता गराउनुभएको छ । १२ गते उहाँले चन्द्रकोट गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै गठबन्धनको तर्फबाट उपाध्यक्षमा कांग्रेसका बिष्णुप्रसाद भण्डारी सहित वडा नम्वर १ अध्यक्ष पदमा घनश्याम खरेल,२ मा टंकबहादुर क्षेत्री, ३ मा डिल्लीराज सुबेदी ,४ मा बलबहादुर बस्नेत,५ मा पृथ बहादुर कार्की कल्याण ६ मा गोकर्णप्रसाद शर्मा ७ मा माधब भण्डारी र ८ मा फणिन्द्र अर्यालको प्यानले मनोनयन दर्ता गराएको हो ।

मनोनयन दर्ता पश्चात केशीले गाउँपालिकालाई सुन्दर र समृद्ध बनाउन आफूको उम्मेदवारी रहेको बताउनुभयो ।  यस्तै उहाँले युवाहरुलाई स्वदेशमै कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार बनाउन सकिने युवाहरुको समूहलाई गाउँमै रोजगारीको सृजना गरी युवा शक्तिलाई परिचालन गर्ने दाबी गर्नुभएको छ ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।