सत्य साई केन्द्र तम्घास गुल्मीद्वारा विनाशकारी भुकम्पको सम्झना

0 175

सन्तोष महतारा, गुल्मी, १२ बैशाख र गुल्मीमा विनाशकारी भुकम्पको सम्झनामा बिशेष प्रार्थना सभा गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको सत्य साई केन्द्र तम्घास गुल्मीको आयोजनामा विनाशकारी भुकम्पको सम्झना गरिएको हो ।  मृतक प्रति श्रद्धाञ्जली, घाइतेप्रति समवेदना र आगामी दिनमा त्यस्तो प्रकारको बिपत्तिको सामाना गर्न नपरोस् भनेर दिप प्रज्वलन तथा सार्वजनिक भजनसहित बिशेष प्रार्थना सभा गरिएको सत्य साई केन्द्र तम्घास गुल्मीका युवा उपसंयोजक आशिष पन्थीले जानकारी दिए ।

नेपालमा त्यस्ता प्रकारका बिपत्ति अबको दिनदेखि झेल्न नपरोस् भनेर त्यस दिनको सम्झना गरेको आत्याध्मिक संयोजक सन्तोष न्यापानेले जानकारी दिए । आज भन्दा ७ बर्ष अगाडि आजकै दिन बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पका कारणले ठुलो नोक्सानी बेहोर्नुपरेकोले त्यस दिनलाई प्रार्थना गरेर सम्झना गरेको सत्य साई केन्द्र तम्घास गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।