गुल्मीमा स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभुत तालिम

0 133

बैशाख १४, गुल्मी –जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा र चन्द्रकोट गाउँपालिकाको समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभुत तालिम प्रदान गरिएको छ । बैशाख ५ गते देखी सुरु गरिएको तालिम १४ गते एक कार्यक्रमका विच सम्पन्न भएको हो । विभिन्न समयमा आफ्नो कार्यब्यस्तता र ६० बर्ष उमेर पूरा भई स्वयंसेवीका छोड्दै गएकाले नयाँ महिला स्वयंसेविकालाई चन्द्रकोट गाउँपालिकाका स्वास्थ्यकर्मी मार्फत आधारभुत तालिम प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । । स्वयमसेविकाको सहयोगले ५ वर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई ठुलो मद्दत मिलेको र जसको कारण नवजात शिशुको मृत्युदर, वाल मृत्युदर र मातृमृत्युदरमा कमी आएको समेत स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताए ।

कुनै सेवा सुविधा विना पनि दिनरात गाउँमा खटेर स्वास्थ्य संस्थामै सुत्केरी गराउनमा स्वयंसेविकाले महत्वपूर्ण भुमिका रहेने हुँदा पछिल्लो समय निस्वार्थ भावनाले पैसाको लोभमा नभई आफ्नो आत्मासम्मान र सन्तुष्टिको लागी जिल्लामा महिलाहरुको स्वयंसेविकामा आकर्षक बढिरहेको उनले बताए । तालिममा गाउँपालिकाका आठ वडाबाट ३८ जना महिला सहभागी भएका छन् । समापन कार्यक्रममा बोल्दै बषौदेखी आफुहरुले स्वास्थ्य क्षेत्रमा खटिएर अनुभव बटुल्दै आएपनी तालिम पश्चात् केहि नयाँ ज्ञान सिक्न पाउँदा आफुहरु उत्साहित भएको सहभागीले बताए । लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेपनी राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बन्चित भएको उनिहरुको गुनासो गरेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।