गुल्मीमा अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय पुरुष पक्राउ

0 119

गुल्मीमा अन्दाजी ३५ बर्षीय अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर २ की अन्दाजी ३५ बर्षीय शारीरिक रुपमा अशक्त महिलालाई स्थानीय ५८ बर्षीय झुपे सार्कीले जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार सार्कीलाई पक्राउ गरेको हो । सार्कीले बैशाख १५ गते दिउँसो करिव तीन बजे तिलारा स्थित डम्वरबहादुर घर्ती मगरको खाली बंगालोमा जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।
सार्कीलाई जिल्ला अदालत गुल्मीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको खरेलले बताए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।