कर्मचारी निर्वाचनमा खटिने भएपछि प्रशासनको सेवा स्थगित

0 118

अनिल खत्री
२५ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकाले नागरिकता, नावालक परिचयपत्र, पेन्सन तथा अन्य सिफारिसका कार्यहरु आजदेखी ३० गते सम्म बन्द रहने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । वैशाख ३१,जेठ १र २ गते सार्वजनिक बिदा परेकाले ३ गतेदेखी स्थगित भएका सम्पुर्ण सेवाहरु सुचारु हुने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लामा उचित सुरक्षाको प्रबन्ध मिलाइएको पौडेलले बताए । प्रशासनले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण तय गरेको प्रशासनले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।