गुल्मीमा कांग्रेसका कार्यकर्ताले माओबादीका नेतामाथी कुटपिट

0 269

बैशाख २६,गुल्मी
गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओबादी केन्द्रका नेतालाई कुटपिट गरी घाइते बनाएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताबाट नेकपा माओबादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केसी (संजय) लाई कुटपिट गरी घाइते बनाएका हुन् ।

गए राती करिब १२ बजेतिर समिक्षा बैठक सकेर घरतर्फ फर्कर्दै गर्दा थापाले एक्कासी बाइकको हेल्मेटले टाउकोमा प्रहार गरेको र आफू वेहोस भएर ढलेको केसीले बताए । त्यस पश्चात केके गरे आफूलाई केही थाहा नभएको केसीको भनाई छ । केसीको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनकोे अनुहारमा चोट लागेको छ । नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराइले दूई पक्ष बीच सामान्य भनाभन भई धकेल्दा केसीलाई चोट लागेको बताए । दुई पक्ष बसेर समस्याको समाधान खोज्ने गरी आफूहरु लाग्ने उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सामान्य कुटाकुट भएको आफूहरुलाई थाहा भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।