गुल्मीमा माओवादी केन्द्रको विजयी शुरुवात, चन्द्रकोटमा अधिवक्ता युवराज केसी विजयी

0 294

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट केसी २ हजार ४ सय ५३ मतको भारी मतान्तर सहित विजयी भएका हुन् । केसीले ५ हजार ७ सय मत ल्याउएर विजयी हुँदा एमालेका बस्नेतले ३ हजार २ सय ४७ मत ल्याए । केसीको जितसँगै गुल्मीमा माओवादी केन्द्रले खाता खोलेको छ । त्यस्तै चन्द्रकोटको उपाध्यक्षमा गठबन्धनकै तर्फबाट काँग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । भण्डारी निकटतम प्रतिद्वन्दी एमालेका राधिका अर्यालसँग १ हजार २ सय मत अन्तरले विजयी भए । भण्डारीले ५ हजार १६ मत ल्याउँदा ३ हजार ८ सय १६ मत प्राप्त गरिन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।