सत्यवतीमा एमालेका टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित

0 338

२ जेठ, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका टिकाराम पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २३४ मत ल्याएर विजयी भएकी छन् । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकामा रहेका ८ वटा वडाहरु मध्ये ५ वटा वडामा नेकपा एमाले, २ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।