धुर्कोटमा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी

0 336

२ जेठ, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएकी छिन् ।
अध्यक्षमा पोखरेलले ६ हजार ८९ मत ल्याएका छन् । उपाध्यक्षमा गिरीले ६ हजार १ मत ल्याएको निर्वाचन अधिकृत मुना पौडेलले बताइन् ।
गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत पाएका छन् ।
गाउँपालिकामा रहेका ७ वटा वडाहरुमध्ये ६ वटा वडामा एमाले र एउटा वडामा नेपाली कांग्रेसले जितेको छ । जसअनुसार वडानम्बर १,२, ४, ५, ६, ७ मा एमाले र ३ मा कांग्रेसले वडाअध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिकामा १८ हजार ८७० जना मतदाता रहेकोमा ११ हजार ५७४ जनाले मतदान गरेका थिए । यो गाउँपालिकामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको थियो ।
जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये ८ वटा स्थानीय तहको मतगणना सकिएको छ । सकिएका मतगणना अनुसार रेसुङ्गा, गुल्मीदरवार, ईस्मा, मदानेमा नेपाली कांग्रेसले जितेको छ ।
चन्द्रकोटमा र धुर्कोट माओवादी केन्द्रले जितेको छ । छत्रकोट र सत्यवतीमा एमालेले जितेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।