३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत पाइन् ।