५ बर्षे कार्यकालमा रेसुङ्गा नगरमा गरेका कामबाट आत्मसन्तुष्टि मिलेको छ : नगरप्रमुख भुसाल

0 209

जेठ ०५,गुल्मी –२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ०५ अर्थात् आज सकिदैं छ । चुनावी मैदानमा राजनीतिक दलले आफ्ना प्रतिबद्धता र घोषणा पत्र मतदाता बीच अगाडी सारे । ५ बर्षको अबधिमा घोषणा पत्रमा उल्लेख गरेका प्रतिबद्धतालाई टेकेर जनप्रतिनिधिले थुप्रै काम गरे त कतै कयौं काम अधुरै रहे । प्रतिवद्धता अनुसारका काम नहुदाँ देशभरका जनप्रतिनिधि जनताबाट आलोचन खेपे त केही जनप्रतिनिधिले जतनाबाट वाह वाही कमाए ।

देशका ७ सय ५३ स्थानीय तहमध्ये गुल्मी रेसुङ्गा नगरपालिका एक हो । देशमा संघीयता आएपछि ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रेसुङ्गा नगरपालिकाको मेयरमा डिल्लीराज भुषाल र उप–मेयरमा सीता भण्डारी (नेकपा) एमालेबाट निर्वाचित भए । नगरपालिका १४ वटा वडामध्ये ६ वडा (नेकपा)एमालेले जित्यो भने वाकीँमा ८ वडामा नेपाली कांग्रेस विजयी भएको थियो । नगरप्रमुख देखी वडा सदस्मा निर्वाचित भई आएका जनप्रतिनिधि“हाम्रो रेसुङ्गा,राम्रो रेसुङ्गा” नारालाई संकल्प बोकेर अगाडी बढे । उनीहरु जनताको घरदेलोमा पुगेर समस्या केलाउदै समाधानका बाटा खोज्न नगरप्रमुख भुसालको सिङ्गो टिम लाग्यो । । जसका कारण बिकासको प्रत्यक्ष रेसुङ्गा नगरबासीले अनुभुती गर्न पाएका छन् ।

अहोरात्र जनताको सेवामा खटेका जनप्रतिनिधिको कार्यकाल सकिनैं लाग्दा गुल्मीको रेसुङ्गा नगरपालिकाले ५ बर्षको अबधिमा गरेका कामको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । “खुसी रेसुङ्गा,सुखी रेसुङ्गा” लाई जनप्रतिनिधि र कर्मचारीले आत्मसात गर्दै निरन्तर नगरबासिलाई सेवा प्रबाह , सुशासन , र बिकास निर्माणमा गति दिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । समृद्ध रेसुङ्गा नगर निर्माणमा सहयोग गर्न जनप्रतिनिधि ,कर्मचारी , सुरक्षाकर्मी , नागरिक समाज मिडियाकर्मी सबैलाई नगरप्रमुख भुसालले धन्यवाद दिए ।

 

ad

राम्रो कामलाई सहयोग गर्छु खराब प्रवृत्तिको सधै वकालत गर्छु : नगरप्रमुख भुसाल

बिहिवार रेसुङ्गा नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरि नवनिर्वाचित जनप्रतिनिधिले गर्ने राम्रो कामलाई सहयोग गर्ने र खराब प्रवृत्तिको सधै ओकालत गर्ने मेयर भुसालले बताएका छ । आफू र आफ्नो टिम नगरपालिकामा निर्वाचित भएर आएपछि आफुले निर्वाचनको समयमा जनतालाई दिएका प्रतिबद्धता पूरा गर्न पाउँदा आत्मसन्तुुष्टि रहेको उनले बताए । स्वास्थ्य,शिक्षा,पर्यटन,कृषि लगायतका क्षेत्रमा विकास गरेको मेयर भुसालको दावी छ । कृषि, पशु, सुन्तला, तरकारी माहुरीजस्ता पकेट क्षेत्र विस्तार, २ कृषि तथा पशु उपज संकलन केन्द्र निर्माण र सञ्चालन,३ ऐन कानुन तथा कार्यविधि ४५ वटा निर्माण भएका छन् ।

रेसुङ्गा नगरपालिकामा ५ बर्षे कार्यकालमा भएका कार्यहरु
१. रेसुङ्गा क्षेत्रमा सडक, सिढी, मन्दिरको जीर्णोद्वार लगायत पूर्वाधार निर्माण,
२. अर्जुन क्षेत्रमा सडक, मन्दिर,
३. जीर्णोद्वार, सेल्फी टावर लगायत पूर्वाधार निर्माण,
४. उनायचौरमा सडक, ट्री हाउस, खेलमैदान मन्दिर जीर्णोद्वार लगायत पूर्वाधार निर्माण
५. जोगीथुम भगवती मन्दिर लगायत पूर्वाधार निर्माण, ६. वडा नं १ भवगती मन्दिर पौवा निर्माण भएको छ ।
७. विभिन्न वडा जस्तै १, २, ४, ५, ६, ८, ९, १०, १२ र १४ मा मन्दिर जीर्णोद्वार,
८. पर्यटन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको संयुक्त लगानीमा गजुरा रेसुङ्गा पर्यटन पार्कको निर्माणको शुरुवात,
९. सिमीचौर एयरपोर्ट निर्माणको अन्तिम चरणमा

सीप विकास तालिम
सीप बिकास तालीम मार्फत करिव १७०० जना लाभान्वित भएका छन् ६ विभिन्न विद्यालयका ९५ कोठा, शौचालय १३ वटा, खेल मैदन ३ वटा, खानेपानी १० वटा र विद्यालयमा कम्पाउण्ड वाल ४ वटा निर्माण भएका छन् । सम्पूर्ण मा.वि. नि.मा.वि.मा (आईसिटी)कक्षा निर्माण भएका छन् । स्थानीय पाठ्यक्रम १ देखि तयारी भएको छ । अत्याधुनिक किरण पुस्तकालय भवन निर्माण भएको छ ।

१०. स्वास्थ्य सेवा केन्द्र ७ वटा शहरी, स्वास्थ्य केन्द्र २ बटा निर्माण तथा सञ्चालनमा रहेका छन् ।
११. कोभिड खोप लक्षित जनसंख्याको १०० प्रतिशतले प्राप्त गरेका छन् ।
१२. पहिलो पटक कोभिडको संक्रमणको बेला नगरपालिकासहित सब ैबडामा क्वारेन्टाइन निर्माण, महेन्द्र मा.वि.मा आइसोलेशन निर्माण गरी सयौ नागरिकलाई सेवा प्रदान गरिएको थियो ।
१३. नागरिकको सुविधालाई ध्यानमा अन्तरनिकायको समन्वयमा नगरपालिकाभित्र सायद नेपालमै पहिलो पटक,कोभिड ल्याव सञ्चालन गरिएको थियो ।
१४. गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माण,
१५. परिचय पत्र वितरण २९४ जना, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ८६७ जना, १६. सरकारी निजी कार्यक्रम मार्फत फोहोर व्यवस्थापन,
१७. शव पार्क निर्माण, उपत्नी तम्घास बालउद्यान निर्माण र विभिन्न वडामा १५ घटा, पोखरी निर्माण भएका छन् ।
१८. प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६०८ जनाले आशिक रोजगारी पाएका छन् । १९. सबै वडामा सडक सञ्जाल पुगेको छ । यस अवधिमा पीच सडक १५ कि.मी., ग्रावेल सडक १५० कि.मी., कच्ची सडक १५० कि.मी., सडक ढलान ५ कि.मी., सडक स्तरोन्नति ७५० कि.मी. निर्माण भएको छ ।
२०. विद्युतको सब स्टेशन उनायचौरमा निर्माण भैरहेको छ ।
२१. विपन्न परिवारलाई विभन्न कार्यक्रमबाट ८२ घर निर्माण भएका छन् ।
२२. खरको छाना मुक्त गराउन ९६५ जनालाई जस्ता पाता वितरण गरिएको छ ।
२३. पुल ३ वटा, पम्की पुल २ वटा र सामुदायिक भवन १० वटा निर्माण भएका छन् ।
२४. मज्याङ्ग खानेपानी योजना निर्माणको अन्तिम चरणमा छ ।
२५. शहरी विकास कार्यालयबाट १० वटा सडक पीच, ग्रावेल तथा स्तरोन्नति भएका छन् ।
२६. प्रदेश सरकारबाट २० वटा योजना ९सडक, खानेपानी र भवन सम्पन्न भएका छन् ।
२७. सबै वडामा प्रति २ जनाका दरले मेलमिलापकर्ताहरु तयार गरिएको छ ।
२८. स्थानीय तह संस्थागत मूल्याइनमा आ.व. ०७६–७७ मा ७२.२५ प्रतिशत नतिजा आएकोमा आ.व. ०७७–७८ मा समग्र प्रशासनिक र विकासात्मक गतिविधिलाई सुधार भै ८१.२५ प्रतिशत प्राप्त भएको छ । वित्तीय जोखिम मूल्याइनमा ०७७र७८ मा ७७.५ र वित्तीय आयोग मूल्यांकनमा ७२.५ प्राप्त भएको छ यो नतिजा उत्कृष्टको सूचक रहेको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।