प्रेस सेन्टरद्धारा माओवादी केन्द्रका जनप्रतिनिधि सम्मानित

0 417

०६ जेठ ।

प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीद्धारा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित भएका छन् । शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रेस सेन्टरले माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष एवम् वडाध्यक्षहरुलाई सम्मान गरेको हो । नेकपा माओवादी केन्द्रबाट चन्द्रकोटमा युवराज केसी, धुर्कोटमा भुपाल पोखरेल, मालिकामा देविराम अर्याल र रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवाली अध्यक्षमा निर्वाचित भए । त्यस्तै कालिगण्डकीमा मन्जु दर्लामी उपाध्यक्षमा निर्वाचित भइन् । वडाध्यक्षतर्फ धुर्कोट –१ म चेतमान कुँवर, धुर्कोट –४ मा विरेन्द्र कुँवर, मालिका –३ मा अर्जुन बुढा मगर, मालिका –८ मा सुर्य बहादुर जिसी, रुरुक्षेत्र –५ मा हरी ज्ञवाली, सत्यवती –३ मा जितु तरामु मगर एवम् चन्द्रकोट –१ म घनश्याम खरेल निर्वाचित भएको प्रेस सेन्टरका सचिव हुमाकान्त पोखरेलले जानकारी दिए । प्रेस सेन्टरले सबैलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिएको संगठनका अध्यक्ष तिलाचन पाण्डेले बताए । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले प्रेस सेन्टरले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेर काम गर्ने हौसला बढाएको बताए । सबै जनप्रतिनिधिहरुको तर्फबाट बोल्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले सम्मान गरेकोमा प्रेस सेन्टरलाई धन्यवाद् दिए । पाँच बर्षे कार्यकालमा मिडियासँग सहकार्य गरेर काम गर्ने पनि केसीले बताए । प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनारले ०७४ मा भन्दा अहिले माओवादीले उल्लेख्य सुधार गरेकोमा खुसि लागेको बताए । कार्यक्रम संगठनका अध्यक्ष पाण्डेको अध्यक्षता, बरालको प्रमुख आतिथ्यता, उपाध्यक्ष प्रकाश चालिसेको स्वागत मन्तव्य एवम् सचिव पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।