छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा २ जना शिक्षक पक्राउ

0 168

अनिल खत्री
७ जेठ, गुल्मी । गुल्मीमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले २ जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए । शिक्षक निलकण्ठ बस्यालले २०७८ भाद्र महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ मार्ग महिनादेखि निज छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने सम्मका बालयौन दुव्र्यवहार कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको (डिएसपी) खरेलले बताए । प्रहरीले शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।