मुसिकोटका नागरिकहरुमा हसिलो अनुहार हुने गरी काम गर्ने : नगरप्रमुख खरेल

0 164

 

जेठ ११,२०७९ गुल्मी मुसिकोट नगरपालिकाका नव निर्वाचित नगरप्रमुख जिबन खरेलले नगरका नागकिहरुमा सधै खुसियाली छाउने गरी आफूले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका नागरिकहरुको मुहारमा सधै खुसीयाली छाउने गरी काम गर्ने र यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । नगरपालिकालाई समृद्ध बनाउनका लागि यहाँका सबै राजनीतिक दल लगायत सरोकारवालाहरुको साथ आवश्यक रहेको बताउनुभयो । निर्वाचनको समयमा जुनसुकै राजनीतिक दलहरुबाट निर्वाचित भएपनि आफू मुसिकोट नगरपालिकाको साझा जनप्रतिनिधि भएको भन्दै राजनीतिको गन्ध नगरपालिकामा नआउने गरी आफूले कार्य सम्पादन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।