चन्द्रकोट २ का वडाध्यक्ष केसीको पहिलो निर्णय :शहिदको शालिक तथा पार्क निर्माण

0 513

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ का नवनिर्वाचित वडाध्यक्ष कमल केसीले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गदै अध्यक्ष केसीले वडा नम्बर २ निवासी शहिद जीत बहादुर श्रीसको शालिक निर्माण तथा पार्क निमार्ण गर्ने निर्णय गरेका छन । भरखरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारको रुपमा कैची चिन्हबाट ६ सय १४ मत ल्याई निर्वाचन जितेका हुन । उनी नेकपा माओवादीका टंक बहादुर क्षेत्रीलाई पराजित गदै निर्वाचित भएका हुन । जनताको सेवकको रुपमा काम गर्ने बताएका छन । आफ्नो मात्र जित नभएर सबै जनताको जित भएको बताए । साथै उनले सबैसंग मिलेर काम गर्ने पनि प्रतिबद्धता जनाएका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।