स्वास्थ्य स्यमंसेविकाको हक हितका निम्ति चन्द्रकोटमा समिति गठनः योजना निमार्णमा सहजीकरण

0 323

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा महिला स्वास्थ्य स्यमंसेविकाको हक हितका लागी मञ्च गठन गरिएको छ । सामुदायिक महिला स्वास्थ्य स्यमंसेविकाको हक हितका निम्ति मञ्च गठन गरिएको हो। स्वयंसेविकाको अधिकार र योजना निमार्णमा सहजीकरण गर्न सजिलो हुने भएकाले समिति गठन गरिएको छ । चन्द्रकोट क्याम्पसको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाभित्र रहेका ८७ जना महिलाहरुको प्रतिनिधित्व हुने गरि मञ्च गठन गरिएको छ । गीता थापाको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष मञ्जु गौतम, रुपा सूर्यवंशी, सचिव राधिका शर्मा, सह सचिव भिमा श्रीस, कोषाध्यक्ष तुलसी मगर रहनुभएको छ । यस्तै सदस्यहरुमा वालकुमारी गौतम, चुमकला गौतम, खेममाया पुन, बबिता गौचन, इश्वरा खराल, कलावती गुरुङ्ग, राधिका न्यौपाने, लक्ष्मी थापा, तारा पुन, दिपकला भण्डारी, बिष्णु बस्नेत, बिमला गौतम र कमला गौतम गरी १९ सदस्य समिति गठन भएको छ ।

गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा लगायत अतिथिहरुको सहभागीता रहेको थियो । नवनिर्वाचित गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले महिला स्वास्थ्य स्यमंसेविकाहरुको हक हितका लागी गाउँपालिका सधै साथमा रहेको बताउनुभयो । उहाँले जिम्मेवारी पूर्वक आफ्नो काम गर्न पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आग्रह गर्नुभयो । गाउँका दुरदराजमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिका प्रति प्रशंसा ब्यक्त गर्नुभयो । आगामी दिनमा पनि गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्सान गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको उल्लेख गदै पालिका भित्रका स्वास्थ्य संस्थामा गर्भवती महिलाले बच्चा जन्माउन नसकी अन्य अस्पतालमा जानु परेमा निशुल्क रुपमा गाउँपालिकाले एम्वुलेन्सको ब्यबस्था गरेको बताउनुभयो । पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई गुणस्तरीय बनाइ दक्ष स्वास्थ्यकर्मीको ब्यबस्था गर्ने गरी आफूले योजना बनाएको खत्रीले बताउनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।