सरकारले अपाङ्ग भएका व्यक्तिलाई समान व्यवहार गरेन् :सचीव अधिकारी

0 191

 

सुर्य सुनार

आइतबार, जेठ १५,– गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा अपाङ्गता भएका व्यक्तिका सवालमा कार्यक्रम गरिएको छ । आइतबार वौद्धिक अपाङ्ग अभिभावक संघ गुल्मीको आयोजनामा जिल्लाका सरोकारवाला निकाय संघ एक कार्यक्रम गरिएको हो । गुल्मी जिल्लामा अपाङ्ग भएका व्यक्तिको अवस्था र उनीहरुले राज्यबाट पाउने सेवा सुविधा के( कसरी पाएका छन् भनी कार्यक्रमको आयोजना गरिएको वौद्धिक अपाङ्ग अभिभावक संघ गुल्मीका अध्यक्ष इश्वरी पौडेलले जानकारी दिए ।

ad

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिब होमनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई राज्यले अझै सम्म पनि आवश्यक सेवा सुविधा दिन नसकेको बताएका थिए । सरकारले कुनै पनि योजना तथा कार्यक्रम बनाउँदा अपाङ्ग भएका व्यक्तिलाई चासो नदिएको कारण यस्तो समस्या आएको उल्लेख गर्नुभएको थियो । अपाङ्ग भएका व्यक्तिलाई समावेशी र समतामुलक गुणस्तरिय शिक्षा दिनुपर्नेमा अधिकारीले जोड दिए ।

रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुवँरले स्थानीय सरकारबाट पाउने सेवा सुविधामा कुनै पुर्वाआग्रह नराखी अपाङ्ग भएका व्यक्तिलाई समान तरिकाले सेवा दिने बताइन् । नगर भित्र अब बनाइने भौतिक पूर्वाधारहरुमा अपाङ्गमैत्री भवन बनाइने उनले बताइन् । अपाङ्ग भएका व्यक्तिले नगर सम्म आएर सेवा सुविधा लिने अवस्था नरहे आफू घरमै गएर सेवा दिने उनले बताइन् ।

कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डे, आशा अपाङ्ग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझी, रेसुङ्गा नगरपालिकाकी महिला तथा बालबालिका शाखाबाट भगवता पन्थी लगायतको उपस्थित रहेको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।