इस्माको नीति तथा कार्यक्रम : डिजिटल इस्मादेखि एकल पुरुषलाई भत्ता र गुरुकुल शिक्षासम्म

0 162

इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ । गाउँपालिका प्रमुख भगतसिंह खड्काले सभामा पेश गरेको नीति तथा कार्यक्रममा छल्दी जलाधार क्षेत्रमा तटबन्धन गरेर जलाशय निर्माण गर्ने, हिमालय माविमा कृषि बाली बिज्ञान पढेर उत्कृष्ट हुने एक जनालाई कृषि प्राविधिकको रुपमा करार नियुक्ती गर्ने, कृषी एम्बुलेन्सको व्यवस्था, इस्माका महिला उद्यममा पहिला भन्ने अभियान अन्तरगत टपरी उद्योग स्थापना, एक वडा एक उद्योग स्थापना गर्ने उल्लेख छ ।
यस्तै सहकारीको माध्यमबाट रेडियो सञ्चालनको सम्भाव्यता अध्ययन गरिने, यो शैक्षिक सत्रलाई सिकाई सुधार बर्षको रुपमा अगाडी बढाउने, कलेजमा उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार कुमाल जातिका बिद्यार्थीलाई छात्रवृति दिने, सवै बिद्यालयमा असल संस्कार शिक्षा सुरु गरिने, गुरुकुल शिक्षाको व्यावस्था, स्वास्थ्यकर्मीसंग जनता कार्यक्रम सञ्चालन, दलित तथा कुमाल जातीका बुहारीलाई उच्च शिक्षा अध्ययन गराउने परिवारलाई सम्मान गर्ने खड्काले बताए ।
यस्तै ५५ बर्ष माथिका एकल पुरुषलाई भत्ता, जाँड रक्सी नखाने दलित र जनजाति परिवारका छोराछोरीलाई निशुल्क शैक्षिक सामग्री लगायतका नीति तथा कार्यक्रम प्रस्तुत भएका छन् । गाउँपालिका चक्रपथ कालोपत्रे, सार्वजनिक सम्पति संरक्षण, एक वडा एक प्राविधिक, एकिकृत कृषि बगैचा, सहुलियत कर्जा र अनुदान, हरेक घरमा आर्युवेदिक जडीबुटी, एक घर एक गोठ दश फलफुल, बिउ बैंक लगायतका कार्यक्रमहरु रहेका छन् ।


गाउँपालिकालाई प्रविधीमैत्री र डिजिटल बनाउनको लागि गाउँपालिकाको आइएलजी प्रोफाइल, सुरक्षित डाटा भण्डारणको लागि डाटा व्याकप सर्भर, मुख्य प्रवेशद्धार तथा स्थानमा सिसिटीभि क्यामेरा, डिजिटल घरधुरी नम्बर, सूचना प्रविधी ज्ञान पार्क स्थापना कार्यक्रम नीति तथा कार्यक्रमा समेटिएका छन् ।
सूचना पार्टीको माध्यमबाट समय, मौषम, महत्वपूर्ण सूचना जानकारी, बिपद् सम्बन्धी पुर्व जानकारी सूचना प्रणाली, सेनिटरी र वाटर प्याड एटिएम, आर्टिफेसियल इन्टेलिजेन्ससहितको सूचना संप्रेषण प्रणाली, इपेमेन्ट, अनलाइन हार्टबजार, अनलाइन शिक्षा, टेलिमेडिसिन  इ टुरिजम, इ टा«;वल लगायतका कार्यक्रम रहेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।