गुल्मीमा शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेको आरोप

0 187

 

जेठ १९, गुल्मी– गुल्मीको एक विद्यालयमा शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । जिल्लाको रुरु गाउँपालिका ३ थानापतीका प्रतिभा प्राविका केही छात्राले आफूहरुलाई शिक्षकले दुर्व्यवहार गर्ने गरेको बताएका छन् । कक्षा ३ र ५ पढ्ने छात्राहरूले पढाउने बेलामा शरीरका अङ्ग छुने शरीर मुसार्ने जस्ता गतिविधि गर्ने गरेको भनेर अभिभावकसँग गुनासो गरेपछि अभिभावकले गुनासो गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण पन्थीले जानकारी दिए । विद्यालयले आरोपित शिक्षकको नाम भने सार्वजनिक गरेको छैन ।

शिक्षकले दुर्व्यवहार गरेको भन्दै अभिभावकले विद्यालयमा गुनासो गरेपछि यथार्थ पत्ता नलागुन्जेल आरोपित शिक्षकलाई विद्यालयमा जान रोक लगाइएको प्रधानाध्यापक पन्थीले बताए । यसबारे छलफलका लागि बुधबार बिहान विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक लगायतको बैठक बसेपनि बैठक निष्कर्ष विहीन भएको र बेलुका पुनस् बैठक बस्ने उनले बताए ।

ad

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतमले पनि आफूहरू बैठक बसि घटनाको छानबिन गर्ने बताए । तर केही अभिभावकले अध्यक्ष लगायतले घटनालाई सामसुम पार्न खोजेको आरोप लगाएका छन् ।

केहिदिन अघि जिल्लाको सत्यवती गाउँपालिका हँसराको एक विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुईजना शिक्षक पक्राउ परेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।