पठनपाठन सुरु भएको दुई साता बित्दा समेत गुल्मीमा विद्यार्थीले पाएनन् पुस्तक

0 162

 

जेठ १९, गुल्मी – गुल्मी जिल्लाका प्राय विद्यालयमा जेठको पहिलो हप्तादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ ।पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्दा पठनपाठनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । शैक्षिक सत्रको सुरुमा पाठ्यपुस्तक नहुदाँ आफ्नो पठनपाठनमा समस्या परेको विद्यार्थीले बताएका छन् ।

जिल्लाको सदरमुकाममा अवस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र कल्याण मरासिनीले पढाइ सुरु भए पनि किताब नपाउँदा आफूले समस्या झेल्नुपरेको उनले गुनासो गरे ।

ad

विद्यार्थी मरासिनीले भने “हामी भविष्यका कर्णधार हौ त्यसैले सरकारले पाठ्यपुस्तक ल्याउने विषयमा विशेष ख्याल गर्नुपर्छ।” सदरमुकामकै विद्यालयमा पढ्ने कतिपय विद्यार्थीले त पाठ्यपुस्तक पढाई सुरु भएको दुई हप्ता सम्म पाउन सकेका छैन् । शैक्षिक सत्र सुरु भएपनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु दुःखद भएको महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए ।

क्यानाडा नेपालसँग कुरा गर्दै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ मरासिनीले अहिलेसम्म जिल्लामा आधा भन्दा पनि कम विद्यार्थीले मात्रै पाठ्यपुस्तक पाएका बताए। उनले भने “यो शैक्षिक सत्र बाट विद्यालयमा कक्षा ४, ७, ९ मा नयाँ पाठ्यपुस्तक लागू हुने भएकाले पनि ढिलो छपाई हुँदा विद्यार्थीको पढाईमा समस्या भएको उनले बताए ।

करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठनमा समस्या भएको भन्दै अहिले पनि पाठ्यपुस्तक नहुँदा समस्यामा परेको विद्यार्थीका अभिभावकको गुनासो रहेको छ । गुल्मीमा सामुदायिक ५५७ र संस्थागत ५४ गरी ६११ विद्यालय छन् । संस्थागत विद्यालयले पाठ्यपुस्तक पाए पनि सामुदायिक विद्यार्थीले भने पाउन सकेका छैनन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।