गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्य चयन

६ मा सर्वसम्मत र ५ मा निर्वाचन

0 473

हुमाकान्त पोखरेल
गुल्मी, १९ जेठ गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका बाहेक सबै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको हो । निर्वाचन सकिएकामध्ये छ पालिकामा सर्वसम्मत र पाँचमा निर्वाचनमार्फत कार्यपालिका सदस्य चयन गरिएको हो ।

६ पालिकामा सर्वसम्मत
मालिका, इस्मा, गुल्मीदरबार, रुरुक्षेत्र, सत्यवती र धुर्कोट गाउँपालिकामा सर्वसम्मत कार्यपालिका सदस्य निर्वाचित भएका छन् । मालिकामा गठबन्धनबाट समाजवादीका कमल सुनार, काँग्रेसका लक्ष्मी केसी र माओवादी केन्द्रका सकुन्तला पन्थी, तुल बहादुर विक, दीपा गिरी महतरा र अन्जु सुनार निर्वाचित भएका छन् । गाउँ–कार्यपालिकामा सबै कार्यपालिका सदस्य पाँच दलीय गठबन्धनका छन् । जसमा माओवादीका सात, काँग्रेसका आठ र समाजवादीका एकजना सदस्य भएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिए ।

इस्मा गाउँपालिकामा काँग्रेसबाट चार एवम् माओवादी केन्द्रबाट दुई सदस्य निर्विरोध भएका छन् । काँग्रेसबाट सुनिता विक, रेनुका विष्ट, टीका कुमारी जिसी कुँवर र खगिश्वरा पोखरेल रहेका छन् । माओवादीबाट डोल बहादुर नेपाली र बसन्त सुनार रहेको उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिइन् । एमालेबिरुद्ध पाँच दलीय गठबन्धन रहेको इस्मामा गाउँ–कार्यपालिकामा काँग्रेसका १०, माओवादीका दुइ र एमालेका दुईजना सदस्य रहेका छन् ।

ad

गुल्मीदरबार गाउँपालिकामा काँग्रेसबाट गंगा अर्याल, दील कुमारी खत्री, कुसुम कुँवारे, सोनुदेवी कार्की र इश्वरी परियार गरी पाँच र राष्ट्रिय जनमोर्चाबाट विष्णु माझी निर्वाचित भएका छन् । गाउँ–कार्यपालिकामा काँग्रेसका ११, एमालेका तीन र जनमोर्चाका एक सदस्य रहेको अध्यक्ष सरोज कुमार थापाले बताए ।

धुर्कोट गाउँपालिकामा माओवादीबाट धन बहादुर विक, बिमला सुनार र रमिला पुरी एवम् एमालेबाट प्रेम बहादुर मुखिया, गोमती नेपाली र कस्मिरा अधिकारी गरी तीन÷तीन जना मनोनित भएका छन् । धुर्कोटमा एमालेबाट आठ, माओवादीबाट छ र काँग्रेसका एकजना कार्यपालिका सदस्य रहेको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । धुर्कोटमा एमाले–माओवादी गठबन्धन र काँग्रेस–समाजवादी गठबन्धन रहेको थियो ।

रुरुक्षेत्रमा एमालेबाट मीना नेपाली, दुर्गा विक, बुद्धिमती लामिछाने, लक्ष्मी भट्राई, राजकुमारी शाही र हरिकला बराल सर्वसम्मत भएका छन् । यो सँगै रुरुक्षेत्रमा एमालेका १३ एवम् माओवादीका दुई जना कार्यपालिका सदस्य रहने गाउँपालिका उपाध्यक्ष मीनादेवी गौतमले जानकारी दिइन् । रुरुक्षेत्रमा एमाले बिरुद्ध पाँच दलीय गठबन्धन रहेको थियो ।

सत्यवतीमा एमालेबाट पतिराम विक, श्रृजना कुमाल, कमला पचभैया काउछा, झनाकुमारी नेपाली, टोपली राना र माया विश्वकर्मा कार्यपालिका सदस्यमा सर्वसम्मत भएका छन् । गाउँपालिकामा अब एमालेबाट १३, काँग्रेसबाट दुई र माओवादीबाट एकजना कार्यपालिका सदस्य हुने प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

५ पालिकामा निर्वाचन

चन्द्रकोट, मदाने, छत्रकोट, कालिगण्डकी र मुसिकोट गरी पाँच स्थानीय तहमा निर्वाचनमार्फत कार्यपालिका सदस्य चुनिएका छन् । चन्द्रकोटमा कुल ४२ मत खसेमध्ये माओवादी केन्द्रबाट धन बहादुर विक, सूर्य कुमार बस्याल र विष्णुमाया सापकोटा निर्वाचित भएका छन् । त्यस्तै काँग्रेसबाट डिलमाया बुढाथोकी, विष्णुकला थापा र लक्ष्मी अर्याल निर्वाचित भएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए । चन्द्रकोटको कार्यपालिकामा माओवादी–काँग्रेस गठबन्धनबाट १३, एमालेका दुई र एकजना स्वतन्त्रबाट निर्वाचित छन् ।

मुसिकोटमा कुल ४६ मत खसेको थियो । जसमा एमाले उम्मेदवारले समान ३० मत ल्याएर निर्वाचित भए भने गठबन्धनका उम्मेदवारहरुले समान १६ मत ल्याए । एमालेबाट अमृता श्रेष्ठ, प्रतिमा केसी, माया कार्की, संजना खत्री, सागर नेपाली, नन्द बहादुर विक, विष्णु बहादुर राना र यमकला खरेल निर्वाचित भएका छन् । मुसिकोटमा एमालेका १५ र गठबन्धनबाट काँग्रेसका चारजना कार्यपालिका सदस्य भएको नगर उप–प्रमुख गंगा श्रेष्ठले जानकारी दिइन् ।
मदाने गाउँपालिकामा पाँच दलीय गठबन्धनका सदस्य निर्वाचित भएका छन् । काँग्रेसबाट कमला कुँवर, सुरजा कुँवर र सुष्मा टोमाटा निर्वाचित भएका छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट जीव बहादुर विक, कमला भट्राई र हिरा विक निर्वाचित भएको अखिल ९क्रान्तिकारी०का केन्द्रीय सदस्य भरत चन्दले जानकारी दिए । मदानेको कार्यपालिकामा पाँच दलीय गठबन्धनबाट १२ एवम् एमालेका तीन जना सदस्य भएका छन् ।

छत्रकोट गाउँपालिकामा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । देहोदी पन्थ, कमला ज्ञवाली, भगभती न्यौपाने, सावित्रा विक, चन्द्र बहादुर सार्की र राम बहादुर विक निर्वाचित भएको गाउँपालिकाका सुचना अधिकारी हरी टन्डनले जानकारी दिए । छत्रकोटको कार्यपालिकामा एमालेका ११ र पाँच दलीय गठबन्धनको तर्फबाट काँग्रेसका तीन सदस्य रहेका छन् ।

कालिगण्डकी गाउँपालिकामा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन् । केशरी तिमिल्सिना पाण्डे, गुनमाया विश्वकर्मा, मेनुका न्यौपाने, सीता कुमारी थापा, अमर बहादुर विश्वकर्मा र मीना परियार निर्वाचित भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । कालिगण्डकीमा एमाले–माओवादी गठबन्धनका १० एवम् काँग्रेसका पाँचजना कार्यपालिका सदस्य रहेका छन् । रेसुङ्गमा नगरपालिकामा १८ गते मनोनयन दर्ताको कार्यक्रम रहेको नगर–प्रमुख खिलध्वज पन्थीले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।