राहदानीको फर्म भर्दा बढी रकम असुल्नेलाई प्रशासनले कारवाही गर्ने

0 358

जेठ १९ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले ई राहदानी अनलाइनको आवेदन फर्म भर्दा धेरै रकम असुल्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनमा आवेदन फर्म भर्दा धेरै रकम असुल्ने गरेको गुनासो आइरहेको भन्दै ४५० भन्दा बढी रकम लिनेलाई कारवाही गर्ने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।

सकेसम्म अनलाईन प्रविधिबाट आफै फर्म भर्न आग्रह गर्दै प्रशासनले नसके मात्र बाहिरीको सहयोग लिन आग्रह गरेको छ । बाहिर अनलाईन फर्म भरे संगै ४५० रुपियाँ तिरेको रसिद संगै ल्याउनुपर्ने प्रजिअ पौडेलले बताउनुभयो ।

ad

यदि कसैले बढी रकम असुल्ने गरेको थाहा पाएमा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न पनि उहाँले सेवाग्राहीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

४५० रुपियाँ भन्दा बढी रकम लिनेलाई कालोबजारी ऐन अन्र्तगत कारवाही गर्न पछाडि नपर्ने पौडेलले दाबी गर्नुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।