अन्तराष्ट्रिय धावक श्रेष्ठलाई गृह जिल्लामा सम्मान

0 185

 

जेठ २५, गुल्मीः अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृह जिल्ला गुल्मीमा सम्मानित भएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका –३ हाडहाडे निवासी श्रेष्ठलाई सोमबार जिल्ला खेलकुद विकास समिति र धुर्कोट गाउँपालिको सम्मान गरेको हो । गाउँपालिकामा अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी लगायतकाले सम्मान गरेका थिए ।

ad

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पालिकाबाटै अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनु आफुहरुको लागि गौरवको बिषय रहेको बताए । जिल्ला खेलकुद विकास समितिमा खेलकुद विकास प्रदेश समितिका सदस्य भरत थापाले सम्मान गरेका थिए ।

श्रेष्ठले सन् २०१८, २०१९ र २०२० मा लगातार तीन पटक एयुएमको उपाधि जितेका थिए । उनले दूवई र स्पेनमा भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जित्नुभएको छ । ३० बर्षीय श्रेष्ठ हाल कुवेत स्थित अमेरिकी युनिर्भसिटीमा म्याराथन प्रशिक्षक समेत छन् ।

अर्घाखाँचीको खनदह स्थित तत्कालिन आदर्श उच्च मविबाट उच्च शिक्षा पूरा गरेका श्रेष्ठ राष्ट्रपति रनिङ शिल्ड हुँदै जिल्ला, क्षेत्र र राष्ट्रिय प्रतियोगितामा समेत सफल भएका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।