नेपाली काँग्रेस गुल्मीको कोषाध्यक्षमा पाण्डे चयन

0 259

गुल्मी – नेपाली काँग्रेस गुल्मीको कोषाध्यक्षमा अखिलेश्वरप्रसाद पाण्डे चयन हुनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको छैठौं बैठकले पाण्डेलाई कोषाध्यक्षमा चयन गरेको हो । केहि समय अघि सकिएको नेपाली काँग्रेस आठौं जिल्ला अधिवेशनबाट पाण्डे जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।
बैठकमा काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टिको विधानमा व्यवस्था भए अनुसार जिल्ला कार्यसमितिको कोषाध्यक्षमा पाण्डेलाई अनुमोदनका लागि प्रस्ताव गर्नुभएकोमा बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

पाण्डे ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रेसुंगा नगरपालिका वडा नं।–१, मा निर्वाचित भई आफ्नो पाँच वर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएको थियो । पार्टिको सांगठनिक कार्यमा समेत सक्रिय रहँदै आउनुभएका पाण्डे जिल्लाका विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ ।
पाण्डेले कोषाध्यक्षको पद आर्थिक पारदर्शितासँग जोडिएको हुँदा पार्टिको आर्थिक गतिविधिलाई चुस्तदुरुस्त बनाएर लैजाने बताउनुभयो ।

प्रतिबन्धित अवस्था मै काँग्रेसको राजनीति सुरु गर्नुभएका पाण्डेले पार्टिका विभिन्न कालखण्डमा विभिन्न पदमा रहि काम गर्नुभएको थियो । गुल्मी उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष समेत रहेर काम गर्नुभएका पाण्डेले गुल्मी जिल्लाको विकासका सन्दर्भमा समेत महत्वपूर्ण भूमिका निभाउनुभएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।