औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको कार्यशाला गोष्ठी सम्पन्न 

0 337
रामकृष्ण कडेल , जेठ ३० , गुल्मी ।
औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको आयोजनामा पदाधिकारी, पुर्व कार्यसमिति ,सल्लाहकार  तथा सदस्यहरु बीच आइतबार  वार्षिक कार्य योजना कार्यशाला  गोष्ठी रुरुक्षेत्र गाउँपालिकाको  बलेटक्सारमा भएको छ । “गुणयुक्त असरयुक्त जनसुरक्षित औषधिको आपूर्ति: हाम्रो प्रतिवद्घता ” भन्ने नारासहित स्थापना भएको संघले व्यवसायीहरुको दक्षता अभिवृद्धि गर्नेसंगै वर्षभरी संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ  कार्यशाला गरेको हो । नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले  कार्यशालाको उद्घाटन गर्दै  गुल्मी शाखाले आफ्नो कार्यकालको सुरुवात मै कार्यशाला गोष्ठी गरि जग्गा ब्यवस्थापन र भवन निर्माणको कार्ययोजना सहित थुप्रै नविनतम कार्यक्रम ल्याई  उदाहरणीय कार्य गरेको भन्दै  संघले  ब्यवसाय सङ्गै सामाजिक उत्तरदायित्वमा पनि  बिशेष ध्यान दिनुपर्ने  बताउनु भयो  । ज्ञवालिले शुभकामना मन्तव्य दिदै ब्यवसायीहरुले राष्ट्र विकासको निम्ति र हरेक प्रकारका प्राकृतिक प्रकोप तथा  महामारीको बेला अग्र पङ्त्तिमा रहेर योगदान गरेको स्मरण गराउदै  औषधि ब्यवसायीहरुलाई राज्यले कुनै पनि  सहयोग नगरेकोमा दु:ख व्यक्त गर्नुभएको थियो ।
ad
नेपाल औषधी व्यवसायी संघका गुल्मी शाखा अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रदेश कार्यालय प्रमुख युवराज घिमिरेले कार्यशाला गोष्ठीको उद्देश्य माथी प्रकाश पार्दै सस्थागत सुदृढीकरण , सस्थाको पहिचान ,स्थायित्व , व्यवसायीहरुको स्वमुल्याङ्कन , ब्यवसायीको नविकरणको विषयमा रहेको बताउनुभएको थियो ।  घिमिरेले संस्थागत सम्बन्ध बिस्तारलाई सधै प्राथमिकतामा राखेर अघि  भएमा मुलभुत उद्येश्य हासिल हुनेमा आशाबादी रहेको पनि बताउनुभयो  ।  कार्यशाला गोष्टिले संघको भवन निर्माणका लागि  जग्गा ब्यवस्थापन ,भवन निर्माण लगायतका ३४  वटा त्रीवर्षिय योजना पारित गरेको छ । संघका लुम्बिनी   प्रदेश अध्यक्ष शिव ज्ञवाली  ज्ञवाली, प्रदेश कार्यालय प्रमुख  , प्रदेश महासचिव लुकराज न्यौपाने लगाएतले कार्यशालामा सहभागिलाई सहजीकरण गरी सहयोग गर्नुभएको थियो  । कार्यक्रममा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन बाट जनप्रतिनिधिमा निर्वाचित संघका  सदस्यहरु छत्रकोट बाट पिताम्बर अर्याल र रेसुङ्गा बाट  राम प्रसाद मरासिनी , सल्लाहकार समितिका सदस्यहरू  छत्र अधिकारी  र  लोक बहादुर ज्ञवाली , भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने औषधि ब्यवसायी  एवम् संघका  गुल्मी शाखाका कोषाध्यक्ष जुवाननन्द बेलबासे ,रेसुङ्गा बहुमुखी क्याम्पसको ब्यवस्थापन समितिमा निर्वाचित हुनुभएकी शाखाकी उपाध्यक्ष पार्वता थापा  लगायतलाई  सम्मान गरिएको थियो ।
केपि भण्डारीको  संयोजन ,गुल्मी शाखा उपाध्यक्ष पार्वता थापाको स्वागत रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य शेर बहादुर थापा , कमल प्रसाद पाण्डे , संघका पुर्व अध्यक्ष महेश श्रेष्ठ , बिशिस्ट सल्लाहकार चुरामणी पन्थी , बिशिस्ट अतिथि , अतिथीहरु , प्रमुख अतिथी  लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव गणेश श्रेष्ठले गर्नुभएको थियो ।
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।