शेयर बजार ओरालो लागेपछि अर्थमन्त्रीलाई गुल्मीका लगानीकर्ताको ज्ञापन पत्र

0 412

पुँजी बजार सुधार, विकास र बिस्तारका कामहरु तत्काल गर्नुपर्ने माग राख्दै गुल्मीका सेयर लगानीकर्ताहरुले अर्थमन्त्रीलाई सोमबार ज्ञापन पत्र पठाएको छ । सोमबार लगानी कर्ता संघर्ष समिति गुल्मीको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । पुँजी बजार सुधार विकास र विस्तारका लागि १९ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

विगतको सरकार र वर्तमान सरकार बिच भएको ५८ बुँदेका बाँकी काम तत्काल गर्नुपर्ने, बाणिज्य बैङ्कका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चक्ता पुँजी कायम गरी तत्काल बोकर लाइसेन वितरण गर्नुपर्ने, सरकारका मन्त्री र राजनितिक ओहदामा रहेकाहरुले शेयर बजारको बारेमा सकारात्मक तथा नकारात्मक अभिव्यक्ति दिन बन्देज लगाउनुपर्ने, दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पुँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने जस्ता १९ बुँदे माग राखेको लगानी कर्ता संघर्ष समितिका अभियानकर्ता तारा भुसालले बताउनुभयो ।

ad

लगानी कर्ता संघर्ष समितिबाट राखिएका माग सरकारले पुरा नगरे थप आन्दोलनका कार्यक्रम संचालन गरिने अभियानकर्ता भुसालले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले आफूले अर्थ मन्त्रालयमा लगानीकर्ताको ज्ञापन पत्र पठाउने बताउनुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।