जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलै विजयी

0 128
  • मनोज कार्की ÷असार०१,गुल्मी – जिल्ला समन्वय समिति गुल्मीमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै विजयी भएको छ । २ नगरपालिका १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका दोर्ण बहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी भएका छन् । काँग्रेसका खत्रीले १५ मत ल्याएर समन्वय प्रमुखमा विजयी भएका छन् ।
    नेकपा एमालेतर्फका प्रमुख उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुखमा विजयी खत्रीले एमालेका युवराज न्यौपानेलाई ६ मतले पछि पारेका हुन् । उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामी विजयी तेजेन्द्र सलामीले एमालेका उम्मेदवार रमादेवी पुनलाई ६ मतले नै जितेका छन् ।
    त्यस्तै गठबन्धनबाट सदस्यहरुमा महेश्वर भण्डारी, शेर बहादुर विक, सुनिता जिसी कुवँर,शेर बहादुर कुँवर, सावित्रा भण्डारी, विर बहादुर कार्की र निरमाया राना विजयी भएका छन् । सदस्य सबैले १५ मत प्राप्त गरेका छन् भने महेश्वर भण्डारीले १४ मत ल्याएका छन् । जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । अर्थात समन्वयमा गठबन्धनको तर्फबाट काँग्रेसले प्रमुख सहित चार, माओवादीले उप–प्रमुख सहित तीन र समाजवादी र जनमोर्चाका एक÷एक सदस्य रहेका छन् ।
    त्यस्तै एमालेबाट सदस्यहरुमा पिताम्बर अर्याल, कृष्ण प्रसाद भण्डारी, ज्ञान प्रसाद श्रेष्ठ, सागर नेपाली, ममत सुनार आत्रेय, कल्पना अधिकारी र बिमला पन्थीले उम्मेदवारी दर्ता गराएका थिए । कुल २४ मत खसेको थियो ।
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।