रवि लामिछाने अब राजनीतिमा देखिने, छाडे टेलिभिजन

0 158

टेलिभिजन प्रस्तोता रवि लामिछाने अबका दिनमा राजनीतिमा होमिने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबार बिदाइ गरेको बताइएको छ । उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् ।

 

उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् ।

 

न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बनेका लामिछाने पछिल्लो समय आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टिभीमा सक्रिय थिए । त्यहाँ पनि उनले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

 

ad

सिधा कुरामा उनको बिहीबारको एपिसोड अन्तिम रहने बताइएको छ । त्यसपछि उनले सहकर्मीलाई आफ्नो कार्यक्रम हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।