गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

0 171

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबार गतेदेखि २० गतेसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माका अनुसार चिदिचौर खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका ११ वटा स्थानीय तहका खेलाडीको सहभागिता भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले खेलकुद स्वास्थ्य स्वास्थ बनाउन र देशलाई परिचित बनाउन खेल महत्वपूर्ण भएको बताए । पालिका बाट छनोट भएर जिल्लामा प्रतिस्पर्धा गर्न आएका खेलाडीहरुलाई समन्वय प्रमुखले खेलमा जित हार स्वाभिक भएको हुँदा सहभागिता जनाउनु नै ठूलो कु्रा भएको उल्लेख गर्नुभयो । साथै राष्ट्रपति रनिङबाट प्रदेशमा जाने खेलाडीले जिल्लाको नाम राख्न उहाँले आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिबल छात्र / छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्सःदौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट साथै मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु छात्र÷छात्रा खेल समावेश गरिएको पनि जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए ।

ad

कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्र.अ तथा शिक्षक, विद्यार्थी, खेलाडी तथा पत्रकारको उपस्थितमा कार्यक्रम गरिएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।