कृषकको घर घरमा रेसुङ्गा नगरपालिका

0 186

गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घरघरमा गएसगैं कृषकहरु उत्साहित भएका छ्न । रेसुङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा कृषकलाई पाडा प्रवर्द्धन मासु मिसन कार्यक्रमको लागि उन्नत भैँसीका पाडा हस्तान्तरण गरिएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्ध्वज पन्थीले शनिबार एक कार्यक्रमका विच पाडा हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रम बोल्दै नगरप्रमुख पन्थीले यो कार्यक्रम कृषकको लागि महत्त्वपूर्ण भएको बताए । नगरप्रमुख पन्थीले भने ’हामीले परिकल्पना गरेको समुन्नत नगरपालिकाको मुख्य आधार नै कृषि र पशुपालन भएकाले आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा पनि कृषि पशुपालनलाई महत्त्व दिएको बताए ।

रोजगारी भनेकै यस्तै कार्यक्रम रहेको बताउदै पन्थीले हामीले रोजगारी भनेर जागीर नै खोज्छै तर बेरोजगार हटाउन महत्त्वपूर्ण कृषि र पशुपालन मुख्य आधार भएको बताए । कृषकलाइ निर्धक भएर काम गर्न् आग्रह गर्दै साथमा नगरपालिका भएको बताए । काम गर्न खोज्ने कृषकलाइ पाँच बर्ष सम्म व्याज नै तिर्न नपर्ने गरि कर्जा दिएर कृषकहरुलाई उत्साहित बनाउने बताए ।

ad

रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्ध्वज पन्थी ,उपप्रमुख अमृता कुवर,नगरपालिका आर्थिक बिकास संयोजक राम बहादुर बस्नेत,वडा नम्बर ११ का वडा अध्यक्ष खुम बहादुर राना ,१२ का अध्यक्ष चेहरशिह टन्डन,कृषि शाखा प्रमुख हरु शरण पन्थी,स्थानीय कृषक लगाएतको उपस्थित रहेको कार्यक्रमको संचालक पशु शाखा प्रमुख रुमाखर मरासिनीले गर्नुभएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।