जिल्ला खेलकुद विकास समिति गुल्मीको अध्यक्षमा गिरी प्रसाद महाकिम 

0 158

असार २२ गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले नयाँ नेतृत्व पाएको छ । मंगलबार लुम्बिनी प्रदेश खेलकुद परिषद्ले गिरी प्रसाद महाकिमलाई अध्यक्षमा मनोनीत गरेको हो । करातेका अब्बल खेलाडी महाकिम विगत १६ वर्ष देखी खेलकुद कार्यालयमा करातेको मुख्य प्रशिक्षक को रुपमा आफ्नो भुमिका निर्वाह गरेका थिए । नयाँ संरचना अनुसार जिल्लाको दोस्रो अध्यक्ष बनेका महाकिम तेकान्दो ब्ल्याक बेल्ट ,३ डान हेल्थ एण्ड फिजिकल एजुकेसनमा स्नातक र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी जनाएका खेलाडी हुन ।
९ सदस्यीय रहेको नयाँ नेतृत्वको उपाध्यक्षमा नारायण जिसि,कोषाध्यक्षमा सुरेश श्रेष्ठ , सदस्यहरुमा सागर सोमै,अमर पल्ली,सीता श्रीस,कमला बलामी,कर्न थापा र सन्तोष शाक्य रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्रकर्माले जानकारी दिए ।
समग्र जिल्लाको खेलकुद र खेलाडीको विकासको लागी सबै सङ मिलेर उदाहरणीय र अनुकरणीय काम गर्ने अध्यक्ष महाकिमले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।