गुल्मी आपँचौरको कोटेश्वर मन्दिरको प्रचारप्रसारका लागी “जय जय कोटेश्वर” लोक भजन गीत ल्याइदै

0 459

महेश बोहरा, असार २७ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल कोटेश्वर महादेव मन्दिरको प्रचारप्रसारमा पछिल्लो समय स्थानिय युवाको सक्रियता बढेको छ । कोटेश्वर शिव मन्दिरलाई प्रचार–प्रसार गर्ने हेतुले लोक भजनको छायाँकन समेत गरिएको छ ।
बारी पारी घना जंगल, ३ नदीको संगम अनि बिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ । २०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा त्तेतिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ । बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । सोही पर्यटकिय क्षेत्रको प्रचारका लागी देश तथा बिदेशमा बस्ने उक्त क्षेत्रका बासिन्दाले पहल थालेका छन । किरण खरेलको पहलमा “जय जय कोटेश्वर” लोक भजन तयार पारिएको छ ।

प्रकृतिको देन लुकेको ठाउँ हाम्रो कोटेश्वरलाई बिश्वभर चिनाऔँ भन्ने नाराका साथ म्युजिक भजन भिडियो सोही कोटेश्वर शिव मन्दिर, आँपचौरको चंडेश्वर मन्दिर र शिद्धेश्वर मन्दिरमा छायांकन गरिएको हो । समग्र मुसिकोट नगरपालिकामा लुकेको र अत्यन्तै फरक शक्ति भएको मन्दिर कोटेश्वर शिव मन्दिरको गुण झल्काउने खालको भजन गीतको सुटिङ आइतबार मात्र सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ तल्लाफाँट बस्ने किरण खरेलको पहलमा लोक भजनको अडियो गीत बनाईएको छ भने भिडियोका लागी स्थानियहरुले सहयोग गरेका छन । भिडियो ब्यवस्थापन तुलाराम तिवारी, बिष्णु अर्याल, सुरेश अर्यालको नेतृत्वमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण समाजसेवीद्वारा आर्थिक रकम संकल्न गरेर भिडियो निर्माण गर्ने कार्य गरिएको छ । भिडियोमा मुख्य अभिनय डिलराज अर्याल, समिक्षा भट्टराईको रहेको छ। महेन्द्र कौशलको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन निसान सारु र कमल खत्री लगायतले गरेको निर्देशक कौशलले बताउनुभयो ।

सो गीतमा शब्द ओम सेन्चुरी, लय र एरेन्ज महेन्द्र भन्डारी, स्वर ओम सेन्चुरी र लक्ष्मी खड्काको रहेको छ । उक्त मन्दिरलाई देश बिदेशमा प्रसारप्रसार गर्नका लागी गीत बनाएको जपानमा रहेका किरण खरेलले बताउनुभयो । अहिले पनि सो मन्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी आउने गरेको पुजारी डिल्लीराज सापकोटाले बताउनुभयो । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । यहाँ दैनिक पुजा आजा सहति जेठ ११ गते मन्दिर स्थापनाको दिन स्थापना दिवस भब्य रुपले मनाइन्छ । यस्तै असारमा हरिसयनी एकादशी, श्रावणको प्रत्येक सोमबार र अन्तिम सोमबार बिशेष मेला लाग्ने गर्दछ । यस्तै कार्तिकमा हरिबोधनी एकादशी, मंसिरमा छतबिज छर्ने, फाल्गुणमा महाशिव रात्री पर्व धुमधामका साथ मनाईन्छ ।

ad

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।