गुल्मी अस्पतालका बिरामीलाई फलफूल वितरण

0 399

सूर्य सुनार गुल्मी
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउँछन् । तर गुल्मीको राधा माधव समिति गुल्मीले गुल्मी जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल तथा पौष्टिक आहार वितरण गरेको छ ।
गुरुपूर्णिमा को अवसरमा समितिले वितरण कार्य गरेको हो । २०६७ सालमा स्थापना भएको राधा माधव समिति ले जिल्लामा बिभिन्न सेवाका कृयाकलापहरु गर्दै आइरहेको छ । शैक्षिक सामाग्री वितरण, मन्दिर सरसफाई, असहाय विपन्न परिवारका लागि सहयोग, गौ सेवा तथा अन्य सामाजिक कार्य गर्दै आइरहेको मा गुरुको आज्ञा अनुसार साधना संगसंगै सेवा गर्ने निर्देशन अनुसार आजको कार्यक्रम राखिएको सस्थाका संयोजक महाशर्मा भण्डारीले बताउनुभयो ।
गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पच्याले संस्थाले गरेको काम प्रति प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।