बस्नेत संघ गुल्मीले श्रावण १ गते रेसुङ्गाको सिद्ध मन्दिरमा पूजा संचालन गर्ने

0 194

 

नेपाल बस्नेत संघ गुल्मीले पत्रकार सम्मेलन गरि श्रावण १ गते रेसुङ्गाको सिद्ध मन्दिरमा पूजा संचालन गर्ने जनाएको छ । साउन १ गतेबाट रेसुङामा सुरु हुने साउने मेलाको पहिलो दिन ११ बटुकद्वारा लघु रुद्री र अरु तीन जना पन्डितबाट बिशेष पुजा गरिने सघका अध्यक्ष देब बहादुर बस्नेतले जानकारी दिए । बस्नेत संघ जिल्लामा २०५८ सालमा स्थापना भएको थियो । संघले प्रत्येक बर्षबाट रेसुङामा पुजा ब्याबस्थापनमा सहयोग गर्दै आएको छ । रेसुंगा सिद्धबाबा मन्दिरमा बस्नेत पुजारीलाई बिशेष रुपमा महत्व दिने गरिएको छ । साउन १ गते बिशेष पुजा र एक महिना पुजारी मात्रै मन्दिरमा रहने संघका अध्यक्ष बस्नेतले बताए । उनले बस्नेतहरुसंग जोडिएको रेसुंगा सिद्धवाबाको सम्बन्ध अझै प्रगाढ गराउँदै बस्नेहरुलाई जिल्लाभर एकीकृत गर्ने उदेश्यले पाँच बर्षदेखि बिशेष रुपमा पुजा थालिएको बस्नेतले बताए ।
रेसुंगा सिद्धबाबा मन्दिरमा पाठीको बलि दिने परम्परा थियो । त्यो परम्पराको बारेमा देशका विभिन्न स्थानमा बुझ्दा बलि प्रथा गलत भन्ने प्रमाणित भएपनि अहिलेबाट प्रत्येक बर्ष बिशेष पुजा गर्ने योजना बनाइएको बस्नेत संघका उपाध्यक्ष नेत्र बहादुर बस्नेतले जानकारी दिए । साउने मेलाको पहिलो दिन पुजा गर्न राम्दीबाट ११ जना र तीन जना पण्डित गरेर १४ जनाको टोली रेसुंगा आउने उपाध्यक्ष बस्नेतले बताए । जिल्लामा करिब पाँच हजार बस्नेत परिवार छन् । संगठित गर्ने र एकिन तथ्यांक लिने काम भइरहेको संघका सचिव अनिल बस्नेतले जानकारी दिए । उनीहरुले बस्नेत परिवारभित्र गम्भिर बिरामी हुँदा, आर्थिक अवस्था कम्जोर हुने परिवारलाई सहयोगसंगै पाँच बर्षदेखि रेसुंगामा महिनाभर पुजा र प्रसाद खुवाउने गरिएको बस्नेतले बताए । अहिले संघले आजिवन सदस्य बनाएर प्रत्येक संगबाट ५ हजार संकलन गरेर कोष स्थापना गर्ने र व्याजबाट रेसुंगाको पुजा ब्यास्थापन गर्दै आएको छ । अहिले ८० जना आजिवन सदस्य भएका छन् । संघमा बिशेष सहयोग र भूमिका इन्जिनियर टोप बहादुर बस्नेतले गरेका छन् । उनले रेसुंगाको लागि एक लाख एक हजार र मृगौला पीडितको लागि ५० हजार सहयोग गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।