कृषि ज्ञान केन्द्र गुल्मीद्धारा १६ कृषक उद्यमी सम्मानित

0 105

गुल्मी गुल्मीमा १६ जना कृषक उद्यमी सम्मानित भएका छन्। कृषि ज्ञानकेन्द्र गुल्मीले जिल्लामा रहेर व्यावसायिक रूपमा कृषि गर्ने १६ जना युवालाई सम्मानित गरेको हो।

सम्मानित हुनेहरूमा कालीगण्डकी गाउँपालिका–१ का डिल्लीराम पाण्डे, सत्यवती– ४ लिम्घाका प्रेम शाही, चन्दकोट–४ शान्तिपुरका उत्तम खत्री, मुसिकोट नगरपालिका–८ की चुमा घर्ती मगर, इश्मा–३ दर्लामचौरका गोकर्ण नेपाली, इश्मा–४ का ओम कुँवर, मदाने–३ का शोभबहादुर घर्ती, मुसिकोट–५ का मनोज पाण्डे र सरोज बेल्वासे, रेसुंगा–१० का विनोद कुँवर र ६ का प्रेम नेपाली रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ।

यस्तै छत्रकोट–१ का दानबहादुर पल्ली र ४ का चिरञ्जीवी पन्थ, रुरुक्षेत्र–४ का कुलचन्द्र ज्ञवाली र ५ का सञ्जय ज्ञवाली र रेसुंगा नपा–८ की कमला भलामी ​रहेका छन्।

ad

युवाहरूलाई कृषि क्षेत्रमा उत्साह प्रदान गर्न व्यावसायिक रूपमा कृषि गर्ने युवाहरूलाई सम्मान गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए।

कृषि ज्ञानकेन्द्र गुल्मीले कृषकहरूलाई उपकरण, साना सिँचाइ, फलफूलका बिरुवा लगायत प्राविधिक ज्ञानहरू प्रदान गर्दै आएको भण्डारीले दाबी गरे।

कृषक उद्यमीहरूलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सम्मान गर्दै व्यावसायिक रूपमा कृषि र पशुपालन गरेमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिनेमा जोड दिए।

खत्रीले गुणस्तरीय उत्पादनमा जोड दिन बजारीकरणका लागि स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले कृषकहरूले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरू तथा सरकारी कार्यालयका प्रमुखहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।