पृथ्वी मावि बडागाउँका शिक्षक बोम छन्तेल सम्मानित

0 375

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका शिक्षक बोम बहादुर छन्तेल सम्मानित हुनुभएको छ । लामो समय सम्म विद्यालयमा आफ्नो समय खर्चिएका छन्तेललाई लुम्बिनी प्रदेश को सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो । शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याएको हुँदा उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको हो ।
शौक्षिक क्षेत्रमा झन्डै २४ वर्ष समय खर्चिएको उहाँले बताउनुहुन्छ् । उहाँ भन्नुहुन्छ् “ गाउँमा गुणस्तारिय शिक्षा दिन मस्किल पर्छ । त्यही पनि हामीले विद्यार्थीको भविष्य उजब्ल बनाउनु पर्छ भनेर अन्य विद्यालय संग प्रतिस्पर्धा गरेर शिक्षा दिइएको बताउन्छन् ।

यस भन्दा पहिले उहाँ बडागाउँ गाविस हुदाँ बडागाउँ स्रोत केन्द्र बाट सम्मानित हुनुभएको थियो । मुसिकोट, बडागाउँ, हस्तिचौर गाविस गरी ३ वटा गाविसमा उहाँको विषयमा एस.एल.सी मा विद्यार्थीहरुले राम्रो अङ्क लिइरहदाँ छन्तेल उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएको थियो ।
छन्तेल भन्नुहुन्छ “ पृथ्वी माध्यामिक विद्यालयमा पहिले कक्षा १२ सम्म संचालन नहुँदा मलाई धेरै चिन्ता लाग्थ्यो । किन कि त्यहाँ धेरै दलित र जनजातिका छोरारोरीले अध्ययन गर्ने गर्थे । हुने खानेले त सदरमुकाममै पढाउन सक्थे तर उनीहरु संग आर्थिक अभाव भएको कारणले गर्दा कक्षा १० उर्तीण गरे पछि विद्यालय छाड्ने गरेको देख्दा दुख लाग्थो । अहिले आफ्नो र समाजका वुद्धीजिवीको लामो संघर्षले त्यहाँ कक्षा १२ सम्म संचालन गर्न पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ” ।
पृथ्वी माध्यामिक विद्यालयमा भौतिक तथा शौक्षिक क्षेत्रमा गुणस्तर ल्याउन समाजका विभिन्न संघ संस्था संघ मिलेर देउँसी भौलो कार्यक्रम आयोजना गरेर आर्थिक संकलन गरि विद्यालयमा धेरै क्षेत्रमा सकारात्मक परिर्वतन ल्याएको बताउनुभयो ।

अहिले शिक्षामा गुणस्तर कसरी ल्याउन सकिन्छ भनेर लागि परेको शिक्षक छन्तेलले बताउनुभयो । मानिसको लागि शिक्षा अपरिहार्य भएको हुँदा अबको शिक्षा भनेको व्यवहारिक शिक्षा हुनुपर्ने उहाँको भनाई छ । शिक्षा लिनु मात्र ठूलो कुरा नभई व्यवहारिक शिक्षा लिन सके जीवन व्यापन गर्न सहज हुने बताउनुभयो ।
शौक्षिक गुणस्तरमा सुधार गर्नको लागि अतिरिक्ता क्रियाकलाप संचालन गर्ने, विद्यार्थीको प्रतिभा पहिचान गर्ने, समयमै पाठ्यपुस्तकको उपलब्धता गराउने, शैक्षिक सामाग्रीको व्यवस्था गर्ने जस्ता काममा आफू निरन्तर लागि परेको शिक्षक छन्तेलले बताउनुभयो ।

ad

शिक्षण सिकाइमा सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकहरूको हुन्छ। विद्यालयमा योग्य सक्षम शिक्षण पेशा प्रति समर्पित, सकारात्मक सोच भएका शिक्षकहरु हुन नितान्त आवश्यक हुन्छ। त्यसैले शिक्षण पेशामा उत्कृष्ट जनशक्ति प्रवेश सुनिश्चित गनुपर्र्ने शिक्षक बोम बहादुर छन्तेलको भनाई छ ।
यस्तै बोम बहादुर छन्तेल जस्तै अन्य शिक्षक पनि उत्पादन गर्न सरकारले विभिन्न प्रकारका कार्यक्रम तथा नीति ल्याउनुपर्छ । स्थानीय सरकारले पनि नगर भित्रका उत्कृष्ट शिक्षक छनोट गरेर विद्यार्थीको शौक्षिक क्षेत्रमा सुधार तथा गुणस्तार ल्याउन विशेष काम गर्नुपर्छ ।

भन्नत भनिन्छ “ यदि विद्यार्थीले जानेन भने शिक्षकले सिकाएको छैन“, यदि शिक्षकले मन लगाएर काम गराउन सकेन भने शैक्षिक व्यवस्थापनको संयन्त्र बेकामको हुन्छ”, “सामुदायिक विद्यालयको भविष्य शिक्षकको हातमा छ” अब हेरौं त्यो शिक्षकलाई मन लगाएर काम गराउन, उत्प्रेरीत गर्न आवश्यक रहेको छन्तेलको भनाई छ ।


त्यस्तै लुम्बिनी प्रदेश को सामाजिक विकास मन्त्रालयले गुल्मी जिल्ला भित्रका उत्कृष्ट ३६ जना शिक्षकलाई सम्मान गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले शिक्षा क्षेत्रमा क्रियाशिल गुल्मी जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयका ३६ जना शिक्षकलाई सम्मान गरेको छ ।
कार्यालयले जिल्लाको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट शिक्षक ३६ जनालाई नगद सहित सम्मान गरेको हो । एउटा गाउँपालिकामा ३ जनाको दरले १२ वटा स्थानीय सरकारका ३६ जना शिक्षक समानित भएको जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।