जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त पदाधिकारीहरुद्धारा पदभार ग्रहण

0 235

जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन् । सोमबार जिल्ला खेलकुद विकास समितिका कार्यालयमा नवनियुक्त पदाधिकारीहरुले एक कार्यक्रमका बिच पदग्रहण गरेका हुन् ।
जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गिरी प्रसाद महाकिम, उपाध्यक्ष नारायण जि.सी., कोषाध्यक्ष सुरेश श्रेष्ठ, अमर पल्ली, सागर सोमै, कर्ण थापा, कमला भलामी, सन्तोष शाक्य, सिता श्रीस सदस्यमा रहनुभएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य भरत थापा, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मनोज काउछा, कोषाध्यक्ष महेश काउछा र सदस्य टेक बहादुर काउछाको विशेष उपस्थितमा पदभार ग्रहण तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको जिल्ला खेलकुद कार्यालयका प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । नवौ राष्ट्रिय खेलको लागि जिल्लामा आवश्यक तयारी गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला खेलकुद विकास समितिका पूर्वपदाधिकारीलाई यही साउन ५ गते विदाई गर्ने र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक प्रात्त गर्ने खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।