सुशिला र प्रकाशको तिज गीत ‘भुइँ छोडेकी चरी’

0 1,238

गायिका सुशिला गौतम र गायक प्रकाश पराजुलीको स्वरमा सजिएको भुइँ छोडेकी चरी बोलको तीज गीत सार्वजनिक भएको छ । आइतबार सुशिला गौतम युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो ।

गायक पराजुलीकै शब्द तथा संगीत रहेको गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् । वन डीबी एचडी रेकर्डिङ गरिएको गीतलाई एचबीएन किस्मतले मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा मोडल सुनिल क्षेत्री र एलिशा शर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई क्षेत्रीले नै निर्देशन गरेका हुन् । दर्गा पौडेलले छायाँकन गरेको भिडियोमा अमित चापागाईँको सम्पादन रहेको छ ।

ad

गायिका गौतमले गत वर्ष तीजमा लेउ लायो बोलको गीत बजारमा ल्याएकी थिइन् । उक्त गीतले युट्युबमा राम्रै प्रतिक्रिया पाइरहेको छ । यो सँगै जवानीले ढुनुमुनु बनायो, माइतीको माया, पाहुना, रातो भाले लगायतका हिट गीत उनकै नाममा छन् ।

 

भिडियो : 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।