महेश बोहरा, श्रावण०३ गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको धार्मिक एंव पर्यटकीय स्थल कोटेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागी लोक भजनको छायाँकान गरिएको छ । सोही पर्यटकिय क्षेत्रको प्रचारका लागी देश तथा बिदेशमा बस्ने उक्त क्षेत्रका बासिन्दाले पहल थालेका छन । किरण खरेलको पहलमा “जय जय कोटेश्वर” लोक भजन तयार पारिएको छ । प्रकृतिको देन लुकेको ठाउँ हाम्रो कोटेश्वरलाई बिश्वभर चिनाऔँ भन्ने नाराका साथ म्युजिक भजन भिडियो सोही कोटेश्वर शिव मन्दिर, आँपचौरको चंडेश्वर मन्दिर र शिद्धेश्वर मन्दिरमा यस अघि नै छायांन गरिएको थियो । श्रावणको पहिलो सोमबार चन्द्रकोट गाउँपालिकाको डिही तल्लाफाँट र मुसिकोटको अन्य स्थानमा लोक भजन गीतको अन्तिम भिडियो छायांन गरिएको हो ।
मुसिकोट नगरपालिका वडा नम्बर ५ तल्लाफाँट बस्ने किरण खरेलको पहलमा लोक भजनको अडियो गीत बनाईएको छ भने भिडियोका लागी स्थानियहरुले सहयोग गरेका छन । भिडियो ब्यवस्थापन तुलाराम तिवारी, बिष्णु अर्याल, सुरेश अर्यालको नेतृत्वमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण समाजसेवीद्वारा आर्थिक रकम संकल्न गरेर भिडियो निर्माण गर्ने कार्य गरिएको छ । भिडियोमा मुख्य अभिनय डिलराज अर्याल, समिक्षा भट्टराईको रहेको छ। महेन्द्र कौशलको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन निसान सारु, लक्ष्मण श्रीस र कमल खत्री लगायतले गरेको निर्देशक कौशलले बताउनुभयो । १५० जना भन्दा बढी भक्तजनहरुको सहभागीता रहेको सो कार्यक्रममा प्रसाद वितरण समेत गरिएको थियो ।
सो गीतमा शब्द ओम सेन्चुरी, लय र एरेन्ज महेन्द्र भन्डारी, स्वर ओम सेन्चुरी र लक्ष्मी खड्काको रहेको छ । उक्त मन्दिरलाई देश बिदेशमा प्रसारप्रसार गर्नका लागी गीत बनाएको जपानमा रहेका किरण खरेलले बताउनुभयो । अहिले पनि सो मन्दिरमा गुल्मी, अर्घाखाँची,बाग्लुङ, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी आउने गरेको पुजारी डिल्लीराज सापकोटाले बताउनुभयो । त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । यहाँ दैनिक पुजा आजा सहति जेठ ११ गते मन्दिर स्थापनाको दिन स्थापना दिवस भब्य रुपले मनाइन्छ । यस्तै असारमा हरिसयनी एकादशी, श्रावणको प्रत्येक सोमबार र अन्तिम सोमबार बिशेष मेला लाग्ने गर्दछ । यस्तै कार्तिकमा हरिबोधनी एकादशी, मंसिरमा छतबिज छर्ने, फाल्गुणमा महाशिव रात्री पर्व धुमधामका साथ मनाईन्छ ।