मञ्जु पौडेलको तिज कोसेली स्वर्गीय आमा प्रति समर्पित: बाबाको आँगनी’ (भिडियो सहित)

0 607

अनिल खत्री
४ साउन, गुल्मी । संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको मन छुन्छ । गीत संगीत सबै लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखिदैनन् ।
संगीत एउटा मनोरंञ्जनको पाटो मात्रै पनि होइन् । फेरि संगीतबाट मनोरञ्जन नै हुदैन् भन्ने पनि हुँदैन् । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ ।
सबै गीतहरु मनोरञ्जन मात्रै हुन्छन् भन्ने हुँदैन्, कतिपय गीतमा मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । कतियपय वास्ताबिक कथा वस्तुमा आधारित पनि हुन्छन् ।
कलाकाहरुले तयार गर्ने गीत समाजको यथार्थ कथा बस्तुहरु पनि चित्रण गरेका हुन्छ । यस्तै क्रममा गायिका मञ्जु पौडेलको तीज गीत सार्वजनिक गरेकी छन् ।
गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘बाबाको आँगनी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । उनले सार्बजनिक गरेको गीतमा खासगरि तिजमा गाइने गीतसँगै एउटा कथा बस्तु पनि समाबेश गरेकी छन् ।


जुन कथा आफनै आमा गुमाउदाको पीडा र आमाले गुनगुनाएको गीत । गत वर्षको २०७८ साल कात्तिक ६ गते आफनी आमा भगवतीदेवी ज्ञवाली गुमाएकी गायिका पौडेलले यसपालीको तीजमा आफनी आमाले वषौं पहिले गुनगुनाएको गीतलाई आफुले आवाज दिएर आमाप्रति उच्च सम्मान व्यक्त गरेकी छन् ।
आमाको छोरी भएर जन्मेपछि आमाप्रति गर्नुपर्ने उच्च सम्मानलाई उनले गीत मार्फत ब्यक्त गरेकी छन् । आमा गुमाउदाको पीडालाई मुटुमा गाठो पारेरउनले यसपालीको तीजमा आमाप्रति स्नण्ण्छम दर्साएकी छन् ।
गायिक पौडेलले सार्वजनिक गरेको गीतको सुरुमा बोलिएको आमाप्रतिको शब्द भावले आमाप्रति जो कोहिलाई भक्कानीने बनाउदछ ।
गीत सुरु हुनुपूर्व उनले भनेकी छन्
आमा म तिम्रो छोरी हु, रगत हु, तिम्रो शंसस्कमर हु, तिम्रो चेतना हु, तिमिसँगै हास्न सिके, जीवन सिके, कला सिके कोमलता सिके, गाउन सिके, नाच्न सिके, गायन र नृत्य भित्र कलाको उच्चता भेटे, आज जुन गीत गाएकी छु , त्यो तिम्ले गुनगुनाएको, गाएको र मलाई गाउन सिकाएको गीत हो आमा, तर गीत मात्रै होइन मेरी आमाको इसवन्धन, मुटु र ममता हो,आमाहजुरको आवाजमा वषौं अघि सुनेको गीतमा आफनो स्वर भरेर तिम्रो सम्झनामा अर्पण गरेकी छु, आमा दुधको भारा त तिरेर सकिन्न सकिन्न, तर आज लाग्दैछ गीतको भारा पनि तिर्न नसकिदो रहेछ । यो त मेरी आमाको स्कृतीमा सम्झना हो, श्रृद्धा हो मेरो मनको चोखो सर्मपण ।
‘बाबाको आँगनी’ बोलको तीज गीतमा मादलको खरी झरेपनि बाबाको आगनीमा धुलो उडाउदै नाच्ने कथा वस्तु गीतमा रहेको गायिक पौडेलले बताइन् । बिहे भएर घरमा गएकी चेली आफनो माइती घरमा आमाले दिएका पाउजू, नाचेका कुराहरु गीतमा रहेको उनले बताइन् ।
तीज गीत वास्ताविक गाउँमा गाइने भाकाको रहेको पौडेलले बताइन् । आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानलाई पनि समावेश गरेको गायिका पौडेलले बताइन् ।


हिन्दु महिलाहरुको महान पर्व तिज आउन एक महिना वढि समय बाँकी छ । यहिँ अबसरमा उनले सार्वजनिक गरेको गीतको कथाले सर्वत्र चर्चामा छ । तिज गीत एउटा नारि बेदाना नारि भावको एउटा कथा वस्तु समेटिएको हुन्छ । यहिँ अनुरुप तिज गीत गाउँने प्रचलन पहिले देखि रहि आएको छ ।
पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन् । तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ ।
गायिका पौडेलको एकल स्वर रहेको गीतमा लय मञ्जुकी आमा स्वर्गीय भगवतीदेवि ज्ञवाली, शब्द शिब हमालको रहेको छ । गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी स्वर्गीय आमालाई पनि देख्न सकिन्छ । पौडेलले सार्वजनिक गरेको गीत अञ्जु पौडेल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

ad


गीतको पुरा भिडियो

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।