जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन

0 516

सुर्य सुनार, गुल्मी
जिल्ला ट्राफिक कार्यालय गुल्मीद्धारा जिल्लामा ०७८÷०७९ असार मसान्त सम्म गुल्मीमा सवारी साधन कारवाहीबाट ५७ लाख ७५ हजार ५ सय राजस्व संकलन गरेको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने नौँ हजार ६ सय ६४ सवारी साधनलाई कारबाही गरिएको हो । ट्राफिक प्रहरी कार्यालय गुल्मीले यस आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा वृद्धि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देवी प्रसाद पौडेलले बताए । अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा बढी राजस्व संकलन भएको पौडेलको भनाइ छ ।
जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको छ । सोही कारण गत वर्ष भन्दा यस वर्ष दुर्घटना कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक पौडेलले बताए ।
जसमा ट्रक ८३१, बस ६१४, जिप÷कार ३,३४३ ट्याक्टर ४७०, मोटर साइकल ४,४०७ गरी ९,६६४ कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सडक दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । जसमा गम्भिर घाइते ३१ जना, सामान्य घाइते ७ जना भएको कार्यालयले जनाएको छ ।
ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको छ । कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, व्यवसायीक ,चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्वसाधारण सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीमा जम्मा १५ जना जनशक्ति रहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।